Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरौँ : कृषिमन्त्री अधिकारी

खबरडबली संवाददाता

खजुरा। संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कार्यालयका सबै कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आवश्यक रहेको बताएको छन् । 

कृषि सम्बद्ध कार्यालयहरुको अनुगमन तथा निरीक्षणका क्रममा नेपालगन्ज आउनुभएका मन्त्री अधिकारीले मङ्गलबार बिहान कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश कार्यालय खजुरामा आयोजित एक कार्यक्रममा सम्बद्ध कर्मचारीलाई निर्देशन दिनेक्रममा सो कुरा बताएको हो । 

“हामीसँग उपलव्ध कृषि वैज्ञानिक तथा प्राविधिकहरु जति हुनुहुन्छ, तपाइँहरु सबै किसानका समस्या सुन्न र समाधान गर्नका लागि उहाँहरुका खेतबारीमै पुग्नुहोस्, गरिबीको रेखामुनी रहेका किसानको मर्का बुझ्नु होस् र समस्या समाधान गर्नुहोस्, आफ्नो पदीय जिम्मेवारीअनुसार इमान्दारीताका साथ काम गर्नुहोस्” कृषिमन्त्री अधिकारीले भने।

कृषिसँग आबद्ध रहेका सबै कार्यालयले गरिबीको रेखामुनि रहेको आम नेपाली किसानको जीवनस्तर उकास्नका लागि दीर्घकालीन कार्ययोजना तथा कार्यक्रम बनाउनुहोस्” मन्त्री अधिकारीले भन्नुभयो, “आफूले सकेको र कार्यालयले सक्ने जति आवश्यक सहयोग गर्नुहोस्, कहीँ कतै पनि कमजोरी नगरेर किसानसँग आबद्ध भएर उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्नेतर्फ लाग्नुहोस् ।”

मन्त्री अधिकारीले आफू मन्त्री बनेर आएको करिब चार महिना पुग्न लागेको भन्दै भने, “म मन्त्री बनेर आएको चार महिना पुग्दैछ, नेपाल कृषि अनुसन्धान परिषद्मा तमाम समस्याका चाङ छन, ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था अहिले अत्यन्तै लथालिङ्ग अवस्थामा रहेको पाएँ । सुधार गर्न समय लाग्छ, पहल गर्दैछु, सुधार गर्नका लागि आवश्यक कदम चाल्नेछु ।”

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले भने, “म मन्त्रालयको मन्त्रीका साथै कृषि अनुसन्धान परिषद्को अध्यक्षसमेत भएको नाताले यहाँभित्र देखिएका बेथितीहरुको नैतिक जिम्मेवारी मेरै हुन्छ, मेरो जिम्मेवारीमा र दायीत्वभित्र पर्ने कामलाई मैले इमान्दारीताका साथ गरेर देखिएका तमाम समस्याका समाधान गर्न पहल गर्नेछु ।”

कृषि कर्म गर्ने किसानहरुको अभिभावक भनेकै कृषि वैज्ञानिक र प्राविधिक भएको हुँदा कर्मचारीलाई मोबाइलमा तास खेलेर मात्र समय नबिताउन आग्रह गर्दै मन्त्री अधिकारीले फिल्डमै पुगेर कृषि कर्म गर्ने किसानहरुको साथ दिन निर्देशनसमेत दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

नारायणी नदीमा बेपत्ता एक युवाको शवव भेटियो

नारायणगढ। नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने  वर्ष  २९ ...

जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार-चढाव

टोकियो। जापानको  उपभोक्ता मूल्य सूचकाङ्क  सन् २०२५ मा औसत ३।१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी ...

कैलालीमा दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

धनगढी। कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोहनसिंह राठौर र क्षेत्र ...

सभापति बनेपछि पहिलोपटक गगन थापा सानेपामा, पदबहालीपछि केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा ८ दिनपछि पदबहालीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। उन...

सिन्धुली–२ मा बागी उम्मेदवार फिर्ता गराउन नेता गजुरेललाई प्रचण्ड–माधवको निर्देशन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी ...

देशले चाहेकै व्यक्तिलाई सहयोग गर्ने बाबुराम भट्टराईको प्रतिबद्धता

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशले आवश्यक ठानेका व्यक्तिलाई आगामी निर्वाचनमा सहयोग ग...

कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दो...

पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु

इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending