Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।
 
घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित रु एक अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन् ।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेश ढकालले बताए । उनका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण सङ्कलनकार्य सुरु गरिएको छ । धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन्भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ । हालैको विपद्ले नगरभित्र पुर्याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताए।

काभ्रेपमा गत असोजको बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो । छ जना अझै बेपत्ताको अवस्थामा रहेका छभने ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोका कारण आठ सय ६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार दुई सय ९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणानुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छभने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।
 
यस्तै बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडकखण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छभने १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब छ सय ५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ । हाल खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ ।
 
यसैगरी ४८ पुलमा क्षति पुगेमध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको छभने ३८ वटाको सामान्य मर्मत गरिएको छ । सिँचाइका ९६ वटा आयोजनामा रु २१ करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छभने ३६ तटबन्धको योजनामा रु २० करोडको क्षति भएको छ ।

यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । प्रारम्भिक क्षतिको विवरणानुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ । यस अयोजनामा रु १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बगेको तथा अन्य संरचनामा क्षतिसमेत गरी रु चार करोड बराबरको क्षति भएको छ । तेमाल बृहत् खानेपानी आयोजनामा रु आठ करोडको क्षति तथा जिल्लामा सञ्चालित करिब एक सय खानेपानी आयोजना गरी करिब रु एक अर्बको क्षति पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
 
चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । दश तहमा सात सय ७४ विद्युत्का एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार एक सय ४९ पोल पूर्ण रूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार बाढीपहिराले सात हजार एक सय ३० परिवार प्रभावित भएका छन् । दुई हजार नौ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, चार हजार दुई ७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी छ हजार तीन सय ७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा रु ४२ करोड ६३ लाख क्षति पुगेको जनाइएको छ । रु १२ करोड ८४ लाख ५१ हजार बराबरको पशुपक्षी क्षति भएको अनुमान गरिएको छ । एक सय ७० वटा विद्यालयमा क्षति भएको जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending