Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः खेलकुद मन्त्री चौधरी

खबरडबली संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।  गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण लाई सोमबार सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । 

उनले भने, ’युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरुको केही कुरा राख्न सकिन्छ ।’ मन्त्री चौधरीले युवाहरु विदेशिने क्रम बढेको बताउनुभयो । ’जनसंख्याको ४२ प्रतिशत युवा छ । 

तीनै तहमा ४५ प्रतिशत युवाहरु राजनीतिमा काम गरिरहेका छन् । त्योभन्दा बढी युवाहरु दिनप्रतिदिन विदेश पलयान भइरहेका छन् । कोही पढ्न, कोही रोजगारीको सिलसिलामा गइरहेका छन् । १२ कक्षा पास गरिसकेपछि म विदेश जान्छु भन्ने धारणा छ । 

स्नातक तहमा विद्यार्थी अभाव छ । निकट भविष्यमा शिक्षकहरुको अभाव हुने अवस्था आउँदैछ । विदेशी शिक्षकहरु ल्याएर पढाउनुपर्ने बाध्यता देखिँदैछ,’ उनले भने ।  यद्यपि नेपाली युवाहरु आइटीमा अगाडि बढेको र नेपालमै खर्ब हाराहारी आम्दानी गर्नु सुखद भएको बताए ।

मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता, पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताए । ’डायस्पोराले उद्यमशिलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।  

भाषा, सस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न सकिने र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा योगदान लिन सकिने मन्त्री चौधरीले बताए  ।

मन्त्री चौधरीले खेलकुदका पूर्वाधारको विकास, ज्ञानको परीक्षण र आदान प्रदानमा पनि सहयोग गर्न अनुरोध गरे । यसका लागि राज्यले नीतिगत कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाए । ’नेपालमा खेलकुद पूर्वाधारहरु छैन । एनआरएनका साथीहरुले यसमा ध्यान दिनुहोला । एनआरएनका लगानीकतालाई खेलकुदमा, पूर्वाधार विकासमा, तालिममा सहयोग गर्न आह्वान गर्दछौं,’ उनले भने ।  

मन्त्री चौधरीले निकट भविष्यमा खेलकुद सद्भावना दूत एनआरएनकै तहबाट राख्न लागेको र चाँडै मन्त्रिपरिषद्बाट निर्णय गरिने जानकारी दिए ।

पूर्वकानुनमन्त्री एवं एमाले नेता पदम गिरीले नयाँ पुस्तालाई नेपालको राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरुरी रहेको बताए । ’यसमा विलम्बन नगरी छिटोभन्दा छिटो नीतिहरु ल्याउनुपर्छ । राज्यले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।

प्रवासी नेपाली युवाहरुले हासिल गरेको ज्ञान, सीप, क्षमता, पुँजी भित्र्याउन वातावरण बनाउन राज्यका तर्फबाट छिटो र फराकिलो दायराका साथ काम गर्नुपर्ने भन्दै उनले त्यो हुन नसकेको बताए । ’राज्यका अड्चनका कारण दोस्रोपटक फर्केर आउन समय लाग्ने अवस्था छ । यसमा राज्य गम्भीर हुन जरुरी छ,’ उनले भने । सरकारले संवेदनशील भएर योजनाहरु बनाउनुपर्ने, थिंक ट्यांकहरुबाट अध्ययन गराएर युवाहरु नेपालको समृद्धिमा जोड्न बृहत अध्ययन गर्नुपर्ने गिरीले बताए ।

नेपालको शिक्षा क्षेत्रमा प्रवास रहेको गुणस्तरीय पुस्तालाई जोड्न योजना बनाउन जरुरी रहेको बताउँदै यसले सबै क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताए । आफू स्वास्थ्यमन्त्री हुँदा प्रवासमा रहेका युवाहरुसँग छलफल गर्दा ६ महिनासम्म स्वयंसेवक भएर काम गर्न तयार छौं भनेर आएको भन्दै यसमा डायस्पोरालाई जोड्न राज्य चुकेको बताए । यो कुरामा प्राथमिकताका साथ ध्यान दिनुपर्ने उनको जोड थियो ।

पर्यटनका लागि नेपालको उच्च सम्भावना रहेको भन्दै उहाँले बुद्ध जन्मेको देश भनेर चिनाउन अपिल गरे । ’सगरमाथाको देश, हिमचुलीहरुको देश, आराध्य देव भगवान पशुपतिनाथको देश भनेर प्रचार गर्न सकिएको छैन । त्यसमा तपाईहरु लाग्नुस् । डायस्पोरा एम्बास्डर हो । प्रवर्द्धनमा राज्यले उपयोग गर्नुपर्छ,’ उनले भने ।  

आइटी सेक्टरमा पनि डायस्पोराले थुप्रै प्रगति गरेको भन्दै यसलाई अझै विकास गर्नुपर्ने धारणा राखे । आधुनिक कृषिमा डायस्पोरालाई जोड्न नीतिहरु अनुकूल नभएको भन्दै नीतिमा परिमार्जन गरेर सम्भावनाहरु अगाडि बढाउनुपर्ने बताए ।

नेपालमा उत्पादन भएका गार्मेन्ट, कृषि उपजजस्ता वस्तुहरु विश्व बजारमा पुर्याउन एनआरएनएको भूमिका हुने उनको भनाइ थियो । विदेश बसाइँसराइ स्वभाविक भएको र मान्छे अवसर खोज्दै हिँड्नु स्वभाविक भएको उनले बताए । संसारका युवा नेपाली भित्र्याउन र उनीहरुको पुँजी भित्र्याउन सोच्नुपर्नेमा गिरीले जोड दिए ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको बताइन् । राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उनको भनाइ छ । ’पोजेटिभ इटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ,’ उनले भनिन्  । सिस्टम ब्रेक गरेर नेपालीहरु विश्वभर फैलिएको भन्दै बेटर सिस्टमका लागि बल लगाउनुपर्ने बताईन् । यसका लागि पनि सकारात्मक धारणा विकास गर्नुपर्ने उनको भनाइ थियो । ’नेसल बिल्डिङभन्दा अगाडि परिवारको युनिटीको विकास गरौं । सबैले दशैमा एकै ठाउँमा टिका लाउने वातावरण बनाउ । जसले पोजेटिभ भाइब्स ल्याउँछ । त्यसपछि राष्ट्र निर्माणको कुरा आउँछ,’ उनले भनिन् ।

बाध्यताले छोराछोरी विदेश पठाउने र गएकाहरु देश आइदिए हुन्थ्यो भन्ने धारणाको तादाम्यता मिलाउन जरुरी रहेको उनले बताईन्  । झाँक्रीले विमानस्थलको भिडको स्वभाविक भएको बताउँदै २५ सय मान्छे जाँदा २५ सय मान्छे लिएरै आउँछ । बिजनेस हो । देशै रित्तियो भन्ने होइन भनिन् । नेपालमा रिभर्स माइग्रेसनको बेला भइनसकेको उनको भनाइ थियो ।

’रिसिभ कन्ट्रीको अवस्था र तपाइहरु आउने अवस्थाको तालमेल नभई रिभर्स माइग्रेसन हुँदैन । यद्यपि बहस जारी राखौं । यदि नेपालमा बृहत लगानी भयो ।  त्यसबाट रोजगारी सिर्जना भयो । अर्थतन्त्र भाइब्रेन्ट जनशक्तिहरु आउने कुरा होला । अहिले त्यो अवस्था छैन ।’  

उनले एनआरएनलाई च्यारिटीभन्दा धेरै मुनाफा हुने कामहरु गर्न सुझाव दिईन् । एनआरएनको पहिचानसहित सम्भावना भएको क्षेत्रमा साझा रुपमा लगानी गरिएमा रोजगारी सिर्जना हुने र यसले युवाहरुलाई आकर्षित गर्ने झाँक्रीको भनाइ थियो । ’यो रियालिटीमा काम गर्यौ भने अबको १०÷१५ वर्षमा अवस्था परिवर्तन हुनसक्छ,’ उनले भनिन्, ’कानुनका कुराहरु, भावनाका कुराहरु गर्दै जाऊ ।’

प्रवासमा नेपालीहरु विभाजित हुन नहुने झाँक्रीको भनाइ थियो । ’डायस्पोराहरुले नेपालको रिप्रजेन्ट गरौं । पार्टी, जाति हेरेर नबसौं,’ उनले भनिन्, ’अस्ति प्रधानमन्त्रीको अमेरिका भ्रमणमा जे भयो त्यो राम्रो भएन । कुनै पार्टीको होइन देशको प्रधानमन्त्री हो । हरेक नेपालीको प्रतिनिधित्व हो । खिसिट्युरी हुनु सम्पूर्ण नेपालीकै अपमान हो । यसमा ध्यान दिउ । पोजिटिभ एटिट्युटमा ध्यान दिउ । लगानीको वातावरण बनाउँ । यसो भयो भने सेकेण्ड जेनेरेसन नेपालमा ल्याउन सकिन्छ ।’

कांग्रेस नेता एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विमानस्थलको भिड खुसीको कुरा भएको बताए । ’इकोनोमिक मोबिलिटीलाई सकारात्मक रुपमा लिँदैछौ कि नेगेटिभ रुपमा ?’ उनले सोधे । नेपालको हरेक सुखदुखमा साथ दिने प्रवासी नेपालीलाई देशमा आउँदा गरिने व्यवहारमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । कार्कीले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप र पुँजीलाई भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिए । ’७० लाख नेपालीका सन्तानलाई नेपालको विकासमा ल्याउन सकियो भने समृद्धिमा टेवा पुग्छ,’ उनले भने ।

एमाले युवा नेता अब्दुस मियाले बसाइँसराइ प्राकृतिक प्रक्रिया भएको बताए । निरंकुश शासनमा पासपोर्ट नपाइने अवस्थामा अहिले नेपालीहरु संसारभर प्रतिस्पर्धाको ठाउँमा पुगेको उनको भनाइ थियो ।  विकासशील देशमा स्तरोन्नतीका लागि नेपाललाई बनाउन दक्ष युवा जनशक्ति चाहिएको बताए ।

’प्राविधिक, आर्थिक विकास, जागिर र उद्यम सिर्जना गर्न सक्ने, संसारको विकास र प्रविधिसँग सञ्चार र प्रतिस्पर्धा गर्नसक्ने र त्यहीअनुसार नेपाललाई दौडाउन सक्ने जनशक्ति चाहिएको छ,’ उनले भने, ’देशमै बसेका युवालाई बढी माया लाग्ने र बाहिर गएर बस्नेलाई कम माया लाग्ने हुँदैन । उतिकै माया र प्राथमिकतामा राख्छौं । विभिन्न बाध्यताले युवाहरु त्यहाँ पुगेका हुन् ।’

नेपालको विकासमा कसरी जोडिन सक्ने, हाम्रो भूमिका के हुने भनेर डायस्पोराका नेपाली युवामा भेटेको उनले भने । नेपालले श्रम र लगानी जुन आकारमा विकास गर्न सक्थ्यो त्यसमा अझै काम गर्नुपर्ने उनको भनाइ थियो । यसले आर्थिक विकासमा टेवा पुग्ने उनले धारणा राखे ।

नेपालको आर्थिक विकासका लागि कुनै ठाउँ छ भने त्यो टेक इन्टरप्राइजेज भएको उहाँले बताउनुभयो । थोरै मेहनत गर्यौ भने संसारसँग प्रतिस्पर्धा गर्न खालको टेक फर्म विकास गर्न सकिने भन्दै उनले यसमा ठूलो सम्भावना रहेको बताए ।

अर्को पर्यटन प्रवर्द्धनमा डायस्पोराका युवाहरुको भूमिका हुने उनकाे भनाइ थियाे । ’जति पनि डायस्पोरामा छन्, उहाँहरु टुरिजम एम्बास्डर बन्न सक्नुहुन्छ,’ उनले भने, ’तपाईहरुले आफ्नो अफिसमा कलिङलाई भन्न सक्नुहुन्छ । सोसल मिडियामा नेपाल घुम्न जाउ भन्न सक्नुहुन्छ । यसरी प्रवर्द्धन गर्न सकिन्छ ।’

नेपाल बनाउने र अघि बढाउने दायित्व नेपाल र बाहिर बस्ने सबै नेपालीको भएकाले मिलेर जानुपर्ने मियाले बताए । एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरुलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताए । प्रवासी नेपाली युवाहरु मातृभूमिलाई आफ्नो सिप क्षमता सहयोग गर्न तयार रहेको उनको भनाई थियो । 

एनआरएन युवा उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरुको सीप क्षमता र पुँजी ल्याउने दोहोरो हुनुपर्ने बताए । नयाँ पुस्तासँग भोट र नोटको अपेक्षा नगर्न उनले सुझाव दिए ।

राष्ट्र निर्माणमा प्रवासी युवाहरुको एकीकरण सत्रको सञ्चालन एनआरएनए युरोप संयोजक प्रसुना कँडेलले गरेका थिए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ ।...

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending