काठमाडौँ । यस बर्षको बालोन डो अर अवार्ड आज राति घोषणा हुदै छ । २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउदै छन् । यस अघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए ।
यस बर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत बर्ष यो अवार्ड मेसीले जितेका थिए ।
अब यस बर्ष भने यो अवार्ड ब्राजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्ड अगाडी बेलुन डो अर अवार्डमा खेलाडीले पाएको अंकको सुची सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जसमा रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् ६३० अंकसहित शिर्ष स्थानमा रहेको उल्लेख छ ।
त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस खेलाडी रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा रहेका छन् । रियल म्याड्रिडबाट खेल्ने इङल्याण्डका जुडे बेलिङघम ४२२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
यसको आधिकारिकता बारे स्पष्ट जानकारी नभएपनि भिनिसियसलाई यस बर्षको बेलुन डो अर अवार्डका लागि सबै भन्दा प्रबल दाबेदार मानिएको छ ।
उनले गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउनेक्रममा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो ।
रियल म्याड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - ०९:४९
काठमाडौँ। लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । यससँगै अब नयाँ सवारी चा...
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...



प्रतिकृया लेख्नुहोस्: