बाँके । सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कार्तिक ९ गते सम्पन्न भएको हो ।
नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नं। ३० गण बाँके र नं। ३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरु लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बिओपी प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सीमामा हुने अवैध चोरीपैठारी निकासी तथा राजश्व चुहावट नियन्त्रण, चाडपर्वको समयमा हुने चोरी, डकैती, हत्या, अपहरण, लुटपाट लगायतका क्रियाकलापहरुलाई नियन्त्रण र सीमामा आवागमन गर्ने नागरिककहरुको सुरक्षा र सहजताको विषयमा समेत छलफल गरिएको थियो ।
सोही अवसरमा बरिष्ठ उपरीक्षक तिउसीनाले सीमामा हुने अवैध गतिविधिहरु नियन्त्रणको लागि सीमा सहजीकरण तथा निगरानी समिती गठन, सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको र भविष्यमा अन्य आधुनिक प्रविधिको बिस्तार गर्दै लगिने समेत बताए ।
उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानिय जनप्रतिनिधि तथा स्थानीय वासिन्दाहरुको समेत सहयोग, समन्वय र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने भएकोले स्थानिय सीमाबासी संगको यस प्रकारक कार्यक्रम उपलब्धिमुलक हुने बताए ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि हरुले सीमामा सशस्त्र प्रहरीको उपस्थितिका कारण शान्ति सुरक्षाको प्रत्याभूती भएको, सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रमले सिमाक्षेत्रका विभिन्न समस्या समाधानमा थप सहकार्य र समन्वयको बाताबरण बनेको भन्दै खुशी ब्यक्त गरेका थिए । सीमामा हुने असुरक्षाको स्थिती नरहेको भन्दै उनीहरुले सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वय निरन्तर रहने बताए ।
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ल्याएपश्चात सीमामा २४सै घण्टा नियमित पैदल गस्ती, स्वास्थ्य शिविर संचालन, सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिम, सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, सीमाक्षेत्रमा सरसफाई लगायत लैंगिक हिंसा, बाल बिबाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरु समेत संचलान गर्दै आएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी योजना अन्तर्गत अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने आदिवासी जनजाति, दलित समूदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहेन्दार छात्रछात्राहरुलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म नि:शुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: