काठमाडौं । आर्थिक वर्षको पहिलो त्रैमासमा १७ बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये ती बैंकहरुको निष्क्रिय कर्जा बढेका हुन् ।
आर्थिक क्षेत्रको संकटका बाबजुद तीन बैंकको कर्जाको अवस्था भने यो सुधारिएको छ । विवरणअनुसार तीन बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा धेरै हिमालयन बैंकका ५.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको ५.४१ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।
त्यस्तै, ४ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकको संख्या ९ रहेको छ । यसमध्ये हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंकको ४.२४ प्रतिशत, एनआईशी एसिया बैंकको ४.२४ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत निष्क्रिय कर्जा कायम भएको छ ।
त्यस्तै, ३ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकहरुमा नेपाल बैंक ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.६३ प्रतिशत तथा माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत रहेको छ । सानिमा बैंकको २.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८४ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्ट बैंकले ०.७७ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम कर्जा जोखिम भएको बैंकको रूपमा स्थापित भएको छ ।
गत आर्थिक वर्षसँग तुलना गर्दा यो अवधिमा सबैभन्दा धेरै निष्क्रिय कर्जा वृद्धि हुने बैंकमा एनआईशी एसिया रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा एक वर्षको अवधिमा २.८७ प्रतिशत विन्दुले बढेको छ । त्यस्तै, सिटिजन्स बैंकको १.४४ प्रतिशत, प्राइम कमर्शियल बैंकको १.१९ प्रतिशत, सानिमा बैंकको १.१५ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.०१ प्रतिशत विन्दुले निष्क्रिय कर्जा बढेको छ ।
निष्क्रिय कर्जा बढे पनि यो अवधिमा १२ बैंकको यस्तो कर्जा एक प्रतिशत भन्दा कमले बढेको छ । एभरेष्ट बैंक नेपाल एसबीआई बैंक र कृषि विकास बैंकको निष्क्रिय कर्जा भने पोहोरको तुलनामा घटेको छ ।
उल्लेखित निष्क्रिय कर्जा कुल (ग्रस) निष्क्रिय कर्जा हो । यसमा कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइएको रकमलाई घटाएर खुद (नेट) निष्क्रिय कर्जा समेत गणना गर्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: