कोलकाता। भारतको पूर्वी तटमा कम्तीमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् ।
चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्युरोले बताएको छ । मौसम ब्युरोले हावाको गति १२० किलोमिटर प्रति घण्टाको गतिमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ ।
शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ । चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ ।
ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताएको छ ।
छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताएको छन् । उहाँले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाएको छ ।
कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताएको छन् । भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडानहरू बन्द गर्ने जनाएको छ भने कयौँ रेलसेवाहरु स्थगित गरिएका छन् ।
बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू “उच्च सतर्कता’’ का साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताएको छन् ।
वैज्ञानिकहरूका अनुसार जीवाश्म इन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: