Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

उत्साह जगाउन नसकेको ओली सरकारको सय दिन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पुरा भएको छ । बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्बजनिक गरे । उनले आफुले विश्वासको मत लिदा गरेका बाचाको ७० प्रतिशत पुरा गरेको दाबि गरे । बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पुरा हुन नसकेको समेत उल्लेख गरे ।

ओली सरकारको सय दिनको कामको विश्लेषण गर्नु अघि यो सरकार निर्माणको पृष्ठभूमि बारे चर्चा गर्नु सहि हुन्छ ।

यो सरकार देशकै ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सामान्यतया धेरै कम पटक यस्तो अवसर आउछ, जहाँ देशका प्रमुख प्रतिद्वन्दी दल मिलेर सरकार बनाउछन् । हो अहिले पनि यस्तै दुर्लभ सरकार बनेको छ । प्रचण्ड अस्थिर भएर गठबन्धन फेरिरहेपछि पालै पालो धोका खाएका कांग्रेस-एमाले एक ठाउमा आएर र सरकार बनाए । 

जनतामा छाएको चरम निराशा, बढ्दो बेरोजगारी, विदेशिने प्रवृति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरताको बीचमा कांग्रेसको सहयोगमा ओलीले सरकार बनाएको स्पष्ट नै छ ।

अब सय दिन शासन गरेका ओलीले के माथि उल्लेखित समस्यामा काम गरे त रु ओलीले सम्पन्न गरे भनेका ७० प्रतिशत काममा यी समस्या परेको देखिदैन । 

देशमा परेको ठुलो प्राकृतिक विपदको सामना गर्न सरकार असफल नै भयो । राजधानीमै सरकार उद्धार गर्न असफल भयो । पुर्व तयारीमा काम गरेको देखिएन । सरकारकै संयन्त्रले पुर्व सूचना दिएर चेतावनी दिदा पनि सरकारका अन्य संयन्त्रले थाहा नपाए जस्तो गरेको पाइयो ।

यति ठुलो  प्राकृतिक विपदमा न त सरकारको पुर्व तयारी देखियो न त विपदपछि सक्रियता नै देखियो । उही परम्परागत रुपमा विपद आएपछि सेना प्रहरी परिचालन गर्ने, मन्त्री पछि हेलिकप्टर लिएर अनुगमन गर्ने, विरालो बाध्ने शैलीमा राहतको निर्णय गर्ने र आरामले राहत दिए जस्तो गर्ने कामलाई नै यो सरकारले निरन्तरता दियो ।

न त यस अघि प्रचण्ड नेतृत्वको सरकारले त्रिशुलीमा बेपत्ता दुई बस खोज्नमा देखायो, न त त्यसपछि असोज १० देखि १२ सम्म आएको भिषण वर्षापछिको विपदमा अहिलेको सरकारले नै देखायो । यसमा प्रचण्ड वा ओली भएर यस्तो फरक भयो भन्ने देखिएन । अझ प्रधानमन्त्री ओली त यता विपदले जनताको विचल्ली हुदा अमेरिकामा बरालिदै गरेको पाइए । उनले आफ्नो यात्रा टुंगाएर स्वदेश फर्किने इच्छाशक्ति नै देखाएनन् ।

अब कुरा गरौँ प्रधानमन्त्री ओलीले सार्बजनिक गरेका आफ्ना उपलब्धिमा विपदमा प्रभावितलाई राहत रकम बाँडेको, खानेपानी, विद्युत, सञ्चार, सडक मर्मत गरेको जस्ता विषय उल्लेख गरेका छन् । यो उपलब्धि कसरी भयो र रु यो त नगरी नहुने काम हो, सरकारको उपलब्धि होइन ।

एउटा उदाहरण नै लिऊ, ओली सरकारको पहिलो निर्णय किर्तिपुरको क्रिकेट स्टेडियम ३०० दिनमा बनाउने थियो । सय दिनमा के के भयो त ? प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? अहिले पनि तयारी हुदै छ, निर्देशन दिएका छौं, पहल गर्दै छौं भन्नुहुन्छ । हो समस्या यहि निर नै हो ।

प्रधानमन्त्रीले दुध र उखु किसानलाई गरेको भुक्तानी, रासायनिक मलको व्यवस्थालाई उपलब्धिमा राख्नु भएछ, यसरी त अब कर्मचारीलाई तलब खुवाएको, भत्ता दिएको पनि राखे भयो त । यस्ता अति सामान्य र नगरि नहुने विषयलाई उपलब्धि मानेर प्रधानमन्त्रीले आफैले आफ्नो उपहास गरेको देखिन्छ ।  

प्रश्न प्रधानमन्त्रीले आम जनताको निराशा चिर्न के काम गर्नुभयो भन्ने हो । सरकारले देशको बेरोजगारी कम गर्न नीतिगत र ठोस कार्यक्रम के बनायो भन्ने हो रु 

सरकारले अति सामान्य सवारी लाइसेन्स प्रिन्ट गरेर दिन नसकेर एपमा राखेको विषयलाई तिर मारेको जस्तो प्रचार गरेको सुहाएको छैन । 

प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने करिब दुई तिहाईको सरकारले अब सडक मर्मत गरे, राहत वितरण गरे, निर्देशन दिए भनेर सुख पाइने र आमा जनताले सरकारको महसुस गर्ने अवस्था छदै छैन ।

हजारौं लाखौं जनताका समस्यालाई एकै नीतिगत निर्णय र योजनाले सम्बोधन गरेर सरकार भएको महसुस गराउनुपर्ने समय हो अहिले । सय दिनको कामको विश्लेषण गर्दा प्रधानमन्त्रीसँग वा सरकारसँग त्यस्तो कार्यक्रम नै छैन जस्तो सजिलै बुझ्न सकिन्छ । त्यसैले यो सय दिन पनि त्यसरी नै बित्यो जसरी यस अघिका सरकारका बितेका थिए । नयाँ कुरा केहि भएनन् वा सरकारले गर्न सकेन ।  

राजनीतिक रुपमा  कांग्रेस-एमाले मिलेर सरकार चलाउने विषय प्रचण्डसहितका विपक्षीलाई किनारा लगाउने बाहेक देशको विकास र अहिलेका देशका समस्या समाधानप्रति  केन्द्रित हुने सम्भावना नै देखिदैन । किनकी कांग्रेस(एमाले मनदेखि मिलेका छैनन् । उनीहरुबीच अविश्वास र डर छ, जसले डेलिभरी दिने विषयमा अवरोध गरिरहेको छ ।

उनीहरु अहिले धेरै नजिक हुन पनि डराएका छन् किनकी भोली एक अर्काविरुद्ध चुनाव लड्नुनै छ, टाढा हुन पनि सकेका छैनन् किनकी अहिले मिलेर सरकार पनि चलाउनु छ । 

अब निष्कर्षमा ओली नेतृत्वको सरकारको सय दिन हात्ती आयो हात्ती आयो फुस्स भएको छ, कुनै किसिमको उत्साह जगाउन असफल भएको छ ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्छ: अर्थसचिव उपाध्याय

खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...

स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकसँग स्पष्टीकरण मागियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुन: चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष...

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बन...

ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: उपाध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छ...

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएक...

इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादमा

काठमाडौं । इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ...

सहर सुन्दर बनाउन काठमाडौँ महानगरले सडक किनारामा गमलामा फूल रोप्दै

काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...

करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending