Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

उत्साह जगाउन नसकेको ओली सरकारको सय दिन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पुरा भएको छ । बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्बजनिक गरे । उनले आफुले विश्वासको मत लिदा गरेका बाचाको ७० प्रतिशत पुरा गरेको दाबि गरे । बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पुरा हुन नसकेको समेत उल्लेख गरे ।

ओली सरकारको सय दिनको कामको विश्लेषण गर्नु अघि यो सरकार निर्माणको पृष्ठभूमि बारे चर्चा गर्नु सहि हुन्छ ।

यो सरकार देशकै ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सामान्यतया धेरै कम पटक यस्तो अवसर आउछ, जहाँ देशका प्रमुख प्रतिद्वन्दी दल मिलेर सरकार बनाउछन् । हो अहिले पनि यस्तै दुर्लभ सरकार बनेको छ । प्रचण्ड अस्थिर भएर गठबन्धन फेरिरहेपछि पालै पालो धोका खाएका कांग्रेस-एमाले एक ठाउमा आएर र सरकार बनाए । 

जनतामा छाएको चरम निराशा, बढ्दो बेरोजगारी, विदेशिने प्रवृति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरताको बीचमा कांग्रेसको सहयोगमा ओलीले सरकार बनाएको स्पष्ट नै छ ।

अब सय दिन शासन गरेका ओलीले के माथि उल्लेखित समस्यामा काम गरे त रु ओलीले सम्पन्न गरे भनेका ७० प्रतिशत काममा यी समस्या परेको देखिदैन । 

देशमा परेको ठुलो प्राकृतिक विपदको सामना गर्न सरकार असफल नै भयो । राजधानीमै सरकार उद्धार गर्न असफल भयो । पुर्व तयारीमा काम गरेको देखिएन । सरकारकै संयन्त्रले पुर्व सूचना दिएर चेतावनी दिदा पनि सरकारका अन्य संयन्त्रले थाहा नपाए जस्तो गरेको पाइयो ।

यति ठुलो  प्राकृतिक विपदमा न त सरकारको पुर्व तयारी देखियो न त विपदपछि सक्रियता नै देखियो । उही परम्परागत रुपमा विपद आएपछि सेना प्रहरी परिचालन गर्ने, मन्त्री पछि हेलिकप्टर लिएर अनुगमन गर्ने, विरालो बाध्ने शैलीमा राहतको निर्णय गर्ने र आरामले राहत दिए जस्तो गर्ने कामलाई नै यो सरकारले निरन्तरता दियो ।

न त यस अघि प्रचण्ड नेतृत्वको सरकारले त्रिशुलीमा बेपत्ता दुई बस खोज्नमा देखायो, न त त्यसपछि असोज १० देखि १२ सम्म आएको भिषण वर्षापछिको विपदमा अहिलेको सरकारले नै देखायो । यसमा प्रचण्ड वा ओली भएर यस्तो फरक भयो भन्ने देखिएन । अझ प्रधानमन्त्री ओली त यता विपदले जनताको विचल्ली हुदा अमेरिकामा बरालिदै गरेको पाइए । उनले आफ्नो यात्रा टुंगाएर स्वदेश फर्किने इच्छाशक्ति नै देखाएनन् ।

अब कुरा गरौँ प्रधानमन्त्री ओलीले सार्बजनिक गरेका आफ्ना उपलब्धिमा विपदमा प्रभावितलाई राहत रकम बाँडेको, खानेपानी, विद्युत, सञ्चार, सडक मर्मत गरेको जस्ता विषय उल्लेख गरेका छन् । यो उपलब्धि कसरी भयो र रु यो त नगरी नहुने काम हो, सरकारको उपलब्धि होइन ।

एउटा उदाहरण नै लिऊ, ओली सरकारको पहिलो निर्णय किर्तिपुरको क्रिकेट स्टेडियम ३०० दिनमा बनाउने थियो । सय दिनमा के के भयो त ? प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? अहिले पनि तयारी हुदै छ, निर्देशन दिएका छौं, पहल गर्दै छौं भन्नुहुन्छ । हो समस्या यहि निर नै हो ।

प्रधानमन्त्रीले दुध र उखु किसानलाई गरेको भुक्तानी, रासायनिक मलको व्यवस्थालाई उपलब्धिमा राख्नु भएछ, यसरी त अब कर्मचारीलाई तलब खुवाएको, भत्ता दिएको पनि राखे भयो त । यस्ता अति सामान्य र नगरि नहुने विषयलाई उपलब्धि मानेर प्रधानमन्त्रीले आफैले आफ्नो उपहास गरेको देखिन्छ ।  

प्रश्न प्रधानमन्त्रीले आम जनताको निराशा चिर्न के काम गर्नुभयो भन्ने हो । सरकारले देशको बेरोजगारी कम गर्न नीतिगत र ठोस कार्यक्रम के बनायो भन्ने हो रु 

सरकारले अति सामान्य सवारी लाइसेन्स प्रिन्ट गरेर दिन नसकेर एपमा राखेको विषयलाई तिर मारेको जस्तो प्रचार गरेको सुहाएको छैन । 

प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने करिब दुई तिहाईको सरकारले अब सडक मर्मत गरे, राहत वितरण गरे, निर्देशन दिए भनेर सुख पाइने र आमा जनताले सरकारको महसुस गर्ने अवस्था छदै छैन ।

हजारौं लाखौं जनताका समस्यालाई एकै नीतिगत निर्णय र योजनाले सम्बोधन गरेर सरकार भएको महसुस गराउनुपर्ने समय हो अहिले । सय दिनको कामको विश्लेषण गर्दा प्रधानमन्त्रीसँग वा सरकारसँग त्यस्तो कार्यक्रम नै छैन जस्तो सजिलै बुझ्न सकिन्छ । त्यसैले यो सय दिन पनि त्यसरी नै बित्यो जसरी यस अघिका सरकारका बितेका थिए । नयाँ कुरा केहि भएनन् वा सरकारले गर्न सकेन ।  

राजनीतिक रुपमा  कांग्रेस-एमाले मिलेर सरकार चलाउने विषय प्रचण्डसहितका विपक्षीलाई किनारा लगाउने बाहेक देशको विकास र अहिलेका देशका समस्या समाधानप्रति  केन्द्रित हुने सम्भावना नै देखिदैन । किनकी कांग्रेस(एमाले मनदेखि मिलेका छैनन् । उनीहरुबीच अविश्वास र डर छ, जसले डेलिभरी दिने विषयमा अवरोध गरिरहेको छ ।

उनीहरु अहिले धेरै नजिक हुन पनि डराएका छन् किनकी भोली एक अर्काविरुद्ध चुनाव लड्नुनै छ, टाढा हुन पनि सकेका छैनन् किनकी अहिले मिलेर सरकार पनि चलाउनु छ । 

अब निष्कर्षमा ओली नेतृत्वको सरकारको सय दिन हात्ती आयो हात्ती आयो फुस्स भएको छ, कुनै किसिमको उत्साह जगाउन असफल भएको छ ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending