स्याङ्जा । लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ ।
कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालेकाले चिन्ता बढेको पुतलीबजारका सुकबहादुर नेपालीले बताए । रातभरि आएको पानीले सुकेको धान पूरै भिजेको बताउँदै नेपालीले काटेको बाली थन्क्याउन नपाउँदा निद्रा पनि नलागेको गुनासो गरे ।
धान काटिसकेका किसानका खेतमा पानीको ताल परेर धान डुबेको छ भने काटिसकेको धानका निन पानीमा डुबेका छन् । यहाँ विगत एक हप्तादेखि लगातार जसो पानी परेर किसानको धान खेतमै कुहिएको हो भने परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ ।
यस पटक प्रायः हाइब्रिड जातका धान लगाइएकाले कात्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछानेले बताउनुभयो । धान राम्रो फलेको बताउँदै लामिछानेले काटेको धान सबै भिजेको र बिग्रिएको बताए । मौसम अनुकूल भएको भए यतिबेलासम्म धेरै जसो पहाडी फाँट र टारीको धान करिब थन्क्याउने बेला मौसम प्रतिकूलताका कारण किसानको मेहनतको फल खेतमै खेर जाने अवस्था आएको हो ।
घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् । यहाँको पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भिरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भए पनि किसानले थन्क्याउन नपाएका हुन् ।
चालु आर्थिक वर्षमा पर्याप्त वर्षाका कारण यहाँ ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गल्याङ र चापाकोटमा सिँचाइमा पहिरोका कारण केही समय ढिला भए पनि रोपाइँ धेरै भएको हो । यहाँ १४ हजार आठ सय हेक्टरमा बर्खे र दुई हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेतीदोभान फाँट र बिरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन् भने यहाँ तराईका फाँटमा झैँ धान उत्पादन हुने गरेको छ ।
यस्तै दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्याङकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगत्भन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: