Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

दशैंपछि हराउँछ गाउँको रौनक, सुनसान बन्दै गाउँघर

खबरडबली संवाददाता

गलेश्वर। शरद ऋतुको रमाइला दिन। उघ्रिएको आकाश। उत्तरतिर टलक्कै टल्किएका हिमाल। खेतैभरी लहलह धान खेत। झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन्। खुसीयाली छाएको छ।

तर, वास्तविकता त्यस्तो कहाँ छ र। गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन्। दसैं मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक फेरी हराएको छ। दसैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ।

उमेरले ८६ वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्।

श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन। एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो । उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन्।

मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन्।

अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए। चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए ।

“केही दिन गाउँघरमा निकै रमाइलो भयो। देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन”, उनले भने, “दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो।”

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ। गाउँमा मानिसहरु खासै छैनन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् ।

बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, “दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन । दसैं सकिएसँगै गाउँ खाली भयो । अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ । बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन् ।”

गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताए । गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाईँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ ।

एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए । अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ ।

सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन् । तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाहरुको रुची छैन । युवाहरु अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, युएई पुगेका छन् । बचेका युवाहरु सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताए ।

नौ वर्ष जापान बसेर गाउँ फर्किनुभएका थापा अहिले गाउँमै व्यवसाय गरेर बस्नुभएको छ । उहाँसहित १२ जना युवाहरु मात्रै हाल गाउँमा छन् । ती मध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन् । गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाहरुको सङ्ख्या दुईसय भन्दा बढी छ । महिला र बालबालिकाहरु छन् ।

“गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन्। मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्”, ७४ वर्षिय टेकबहादुर कार्कीले भने ।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशते छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ । जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा ‘माइनस’ शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला १८ सय पाँच रहेका छन्। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा ५ मा सुकुम्वासीको आक्रोश : ‘डोजर आतंक’ विरुद्ध सडकमा आन्दोलन

झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...

सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भएकाे र अफवाह नफैलाउन साम्पाङकाे आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...

अमेरिका–इरानबिच ठुलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...

गुराँस गाउँपालिकामा विवाद : अध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि गिलास प्रहार

सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...

नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...

भोगाधिकार समाप्त भएका सरकारी जग्गा खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा

काठमाडौं।   वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...

११ सहसचिवको सरुवा कसकाे कहाँ ?

काठमाडौँ ।  सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending