Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

सूर्यदर्शन सहकारीमा योजनाबद्धरूपमा यसरी भयो ठगी

खबरडबली संवाददाता

लेखनाथ । पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ। २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढंगले ठगी गरेको पुष्टि गर्छन्।

सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपियाँ ठगी भएको प्रहरी प्रतिवेदन छ। ज्ञानबहादुर बम्जनको सक्रियतामा खुलेको सूर्यदर्शनले शुरुमा स्थानीयवासीलाई नै सञ्चालक समितिमा राखेको थियो।  गोरखा भूपूहरूलाई समितिमा राखेर रकम संकलन गरेपछि योजनाबद्ध रूपमा उनीहरूलाई समितिबाट हटाइयो।

अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष थिए। नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गरेका थिए। 

चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जीबी) राईको सूर्यदर्शनमा प्रवेश भयो। पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्वउपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ। पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्को कडी हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा सूर्यदर्शनमा ठगीका अनेक रूप रहेको र विभिन्न कोणबाट अनुसन्धान भएको बताउनुहुन्छ। यो सहकारी ठगी प्रकरणका अनुसन्धान अधिकारीसमेत रहनुभएका शर्माले पूरक जाहेरीसमेत चाँडै पेश गर्ने तयारी गरेको उल्लेख गर्नुभयो। 

आफ्नो जिम्मामा आएपछि जीबीले रकम जम्मा गर्न र दुरुपयोग गर्न अनेक तरिका प्रयोग गरेको देखिन्छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१ को साँदी गाउँको सामान्य किसान परिवारका जीबीको पछिल्लो समय पोखरादेखि काठमाडौंसमेत हेलिकोप्टरमा आउजाउ हुन्थ्यो।

शुक्रबार जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो। अहिले जीबीका दुई दाइ देवेन्द्रबाबु र अनन्तबाबु र साढुदाइ दीपक लामाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जीबीले परिवार, आफन्त मात्र नभएर पे्रमिकाको नामबाट समेत सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

जीबी ग्रुप एण्ड कम्पनीकी कर्मचारी लीला पछाईका नाममा पोखरा महानगरमा दुई वटा घर देखिएका छन्। पछाईको खातामा रकम गएको र घर किनिएको देखिएपछि कास्की प्रहरीले उहाँलाई पनि पक्राउ गरेको छ।

जीबीले योजनाबद्ध ठगीलाई अघि बढाउन राजनीतिक पहुँचसमेत प्रयोग गरेको देखिन्छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष छन्। दर्लामी नेकपा माओवादी केन्द्रका पालिका अध्यक्षसमेत थिए। सूर्यदर्शनले २० प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर रकम संकलन गरेको थियो।

यही प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका शिवबहादुर गुरुङ नेकपा एमाले को युवा संघका केन्द्रीय उपमहासचिव हुन्। सुरुवातमा नेटवर्किङ व्यवसायमा आबद्ध जीबीको परिवार यो व्यवसायमा प्रतिबन्ध लागेपछि देशैभर सहकारी खोली रकम ठगी गर्न योजनाबद्ध रूपमा लागेको देखिन्छ।

सूर्यदर्शनसहित देशैभर जीबी र उनको समूहले छ वटा सहकारी सञ्चालन गरी अर्बौ हिनामिना गरेको देखिएको छ। ती सहकारीबाट उनले चलाएका जीबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि।, नेचर हब्र्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बो इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रालि, गुप्ती टी इस्टेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालिलगायतका संस्थामा गैरकानुनीरूपमा रकम पठाइएको पाइएको छ। 

सहकारी स्थापनापछि यो समूहले मिडियासमेत सञ्चालन गर्न थाल्यो। गोरखा मिडिया प्रालिले सुरुवातमा नागरिक खबर डटकम अनलाइन सञ्चालन गरेको थियो। त्यसमा पनि सूर्यदर्शनसहितका सहकारीहरूकै पैसा लगानी भएको संसदीय छानबिन समितिले उल्लेख गरेको छ। जीबी रवि लामिछानेसँग सहकार्यमा पुगेपछि ग्यालेक्सी फोरके टेलिभिजन खुलेको थियो। गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछाने गएको आमचुनावभन्दा नौ महिनाअघि टेलिभिजन छाडी राजनीतिमा प्रवेश गर्नुभएको हो। 

योजनाबद्ध ठगीलाई बलियो बनाउन यो समूहमा नेपाल प्रहरीका पूर्वउच्चपदस्थ अधिकारीलाई पनि राखिएको थियो। पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी गोरखा मिडियाका सञ्चालक थिए। उनीपनि अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात र अन्य महत्त्वपूर्ण सामग्री नियन्त्रणमा लिएको थियो।

सूर्यदर्शन ठगीमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएकोमा नौ जना मात्र पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अहिले तीन जना हिरासतमा छन् भने छ जना पुर्पक्षका लागि थुनामा छन्। लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडियामा देशका विभिन्न भागमा रहेका पाँच सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औँल्याएको छ। समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेबारे लेखेको छ, ‘परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending