Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सूर्यदर्शन सहकारीमा योजनाबद्धरूपमा यसरी भयो ठगी

खबरडबली संवाददाता

लेखनाथ । पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ। २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढंगले ठगी गरेको पुष्टि गर्छन्।

सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपियाँ ठगी भएको प्रहरी प्रतिवेदन छ। ज्ञानबहादुर बम्जनको सक्रियतामा खुलेको सूर्यदर्शनले शुरुमा स्थानीयवासीलाई नै सञ्चालक समितिमा राखेको थियो।  गोरखा भूपूहरूलाई समितिमा राखेर रकम संकलन गरेपछि योजनाबद्ध रूपमा उनीहरूलाई समितिबाट हटाइयो।

अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष थिए। नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गरेका थिए। 

चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जीबी) राईको सूर्यदर्शनमा प्रवेश भयो। पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्वउपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ। पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्को कडी हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा सूर्यदर्शनमा ठगीका अनेक रूप रहेको र विभिन्न कोणबाट अनुसन्धान भएको बताउनुहुन्छ। यो सहकारी ठगी प्रकरणका अनुसन्धान अधिकारीसमेत रहनुभएका शर्माले पूरक जाहेरीसमेत चाँडै पेश गर्ने तयारी गरेको उल्लेख गर्नुभयो। 

आफ्नो जिम्मामा आएपछि जीबीले रकम जम्मा गर्न र दुरुपयोग गर्न अनेक तरिका प्रयोग गरेको देखिन्छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१ को साँदी गाउँको सामान्य किसान परिवारका जीबीको पछिल्लो समय पोखरादेखि काठमाडौंसमेत हेलिकोप्टरमा आउजाउ हुन्थ्यो।

शुक्रबार जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो। अहिले जीबीका दुई दाइ देवेन्द्रबाबु र अनन्तबाबु र साढुदाइ दीपक लामाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जीबीले परिवार, आफन्त मात्र नभएर पे्रमिकाको नामबाट समेत सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

जीबी ग्रुप एण्ड कम्पनीकी कर्मचारी लीला पछाईका नाममा पोखरा महानगरमा दुई वटा घर देखिएका छन्। पछाईको खातामा रकम गएको र घर किनिएको देखिएपछि कास्की प्रहरीले उहाँलाई पनि पक्राउ गरेको छ।

जीबीले योजनाबद्ध ठगीलाई अघि बढाउन राजनीतिक पहुँचसमेत प्रयोग गरेको देखिन्छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष छन्। दर्लामी नेकपा माओवादी केन्द्रका पालिका अध्यक्षसमेत थिए। सूर्यदर्शनले २० प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर रकम संकलन गरेको थियो।

यही प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका शिवबहादुर गुरुङ नेकपा एमाले को युवा संघका केन्द्रीय उपमहासचिव हुन्। सुरुवातमा नेटवर्किङ व्यवसायमा आबद्ध जीबीको परिवार यो व्यवसायमा प्रतिबन्ध लागेपछि देशैभर सहकारी खोली रकम ठगी गर्न योजनाबद्ध रूपमा लागेको देखिन्छ।

सूर्यदर्शनसहित देशैभर जीबी र उनको समूहले छ वटा सहकारी सञ्चालन गरी अर्बौ हिनामिना गरेको देखिएको छ। ती सहकारीबाट उनले चलाएका जीबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि।, नेचर हब्र्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बो इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रालि, गुप्ती टी इस्टेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालिलगायतका संस्थामा गैरकानुनीरूपमा रकम पठाइएको पाइएको छ। 

सहकारी स्थापनापछि यो समूहले मिडियासमेत सञ्चालन गर्न थाल्यो। गोरखा मिडिया प्रालिले सुरुवातमा नागरिक खबर डटकम अनलाइन सञ्चालन गरेको थियो। त्यसमा पनि सूर्यदर्शनसहितका सहकारीहरूकै पैसा लगानी भएको संसदीय छानबिन समितिले उल्लेख गरेको छ। जीबी रवि लामिछानेसँग सहकार्यमा पुगेपछि ग्यालेक्सी फोरके टेलिभिजन खुलेको थियो। गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछाने गएको आमचुनावभन्दा नौ महिनाअघि टेलिभिजन छाडी राजनीतिमा प्रवेश गर्नुभएको हो। 

योजनाबद्ध ठगीलाई बलियो बनाउन यो समूहमा नेपाल प्रहरीका पूर्वउच्चपदस्थ अधिकारीलाई पनि राखिएको थियो। पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी गोरखा मिडियाका सञ्चालक थिए। उनीपनि अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात र अन्य महत्त्वपूर्ण सामग्री नियन्त्रणमा लिएको थियो।

सूर्यदर्शन ठगीमा अहिलेसम्म ६० जनालाई प्रतिवादी बनाइएकोमा नौ जना मात्र पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अहिले तीन जना हिरासतमा छन् भने छ जना पुर्पक्षका लागि थुनामा छन्। लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडियामा देशका विभिन्न भागमा रहेका पाँच सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औँल्याएको छ। समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेबारे लेखेको छ, ‘परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending