लाहोर। पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन् ।
पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब प्रान्तमा वयस्क विद्यार्थीका अतिरिक्त लगभग दुई करोड ६० लाख बालबालिका प्रभावित हुनेछन् ।
प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को एक भवनको पार्किङस्थल ९भुईतल्ला०मा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि प्रदर्शन सुरु भएको हो ।
प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित अगाडि नआएको र अनलाइनमा आएको गलत सूचनालाई आधार मानेर आन्दोलित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
त्यसपछि लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डी सहरका क्याम्पसहरूमा प्रदर्शनहरू फैलिएका छन् र विद्यार्थीहरूले अधिकारीहरूले यसलाई ढाकछोप गरेको आरोप लगाएका छन् ।
रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार शहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएको छन् ।
उनले एएफपीसँग भने, “हामी सामाजिक सञ्जालबाट हिंसात्मक गतिविधिमा सम्लग्न व्यक्तिको खोजी गर्नेछौँ ।”
पञ्जाबको शिक्षा र आन्तरिक विभागले बिहीबार अबेर राति तीन छुट्टाछुट्टै सूचना जारी गर्दै सबै शैक्षिक विभागहरू बन्द गर्न आदेश दिएको छ ।
प्रान्तीय आन्तरिकमामिला मन्त्रालयले पनि शुक्रबार र शनिबार भेला हुन प्रतिबन्ध लगाएको छ ।
रावलपिण्डीमा बिहीबार प्रदर्शन गरिरहेका १९ वर्षीय एक विद्यार्थीले भने, “उनीहरूले आफ्नो संस्थाको साख जोगाउनका लागि सत्यलाई ढाकछोप गर्न सरकार र उच्च अधिकारीहरूलाई घूस दिएका छन् ।”
यी प्रदर्शनहरूले पाकिस्तानी विद्यार्थीहरूको सुरक्षा, उत्पीडन र कलेजहरूमा महिलाहरूमाथि हुने यौन दुब्र्यवहारका साथै अधिकारी प्रतिको अविश्वासप्रति गहिरो चिन्ता व्यक्त गर्दछ ।
प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पसहरूमा झ्यालहरू तोडफोड गर्नुका साथै विद्यालयका सवारी साधन ९स्कूल बस० हरूमा आगजनी गरेका छन् । प्रदर्शनका क्रममा कैयौँ स्थानमा विद्यार्थी र प्रहरीबिच झडपसमेत भएको छ ।
प्रहरीले अनलाइन पोष्टमा पहिचान गरिएको भन्दै एक सुरक्षा गार्डलाई पक्राउ गरेको छ तर कुनै पनि पीडित अगाडि नआएको र उनीहरूले बलात्कारको आरोप पुष्टि गर्न नसकेको बताएका छन् ।
लाहोरका निजी पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, “वास्तवमा यो घटनासँग सम्बन्धित कोही पनि व्यक्ति भेटिएको छैन ।”
उनले भने, “म राजीनामा दिन्छु र यो पेशा त्यागेर यदि घटना घट्यो भने म विद्यार्थीको साथमा उभिनेछु ।” सो प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...
आषाढ़ १२ गते, २०८३ - १५:५९
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...
आषाढ़ १२ गते, २०८३ - १५:४८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक ...
आषाढ़ १२ गते, २०८३ - १५:२८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...
आषाढ़ १२ गते, २०८३ - १५:१०
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...



प्रतिकृया लेख्नुहोस्: