भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
कार्तिक ३ गते देखि १० गते सम्म संचालन हुने प्रतियोगितामा दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए । उनले बुद्धभूमिबाट नौलो प्रयास खेलकुदलाई पर्यटनसँग जोडेर यहाँको क्रिकेटको विकासका लागि टेवा पुग्ने बताए ।
प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही–११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टिमको सहभागीता हुने आयोजकले जानकारी दिएका छन ।
आयोजकका अनुसार प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशको क्लब टिमबाट बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर भारतबाट आइपिएल खेलाडी दिपक पुनिया सहित सबै टिममा प्रथम श्रेणीका खेलाडी सहभागिता रहनेछ ।
प्रतियोगितामा बिजेता टिमले पाँच लाख रुपैयाँ र ट्रफी, उप बिजेताले तीन लाख रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजना हु्ने यो प्रतियोगिताले नेपाली खेलाडीहरुमा अनुभव साटासाट हुने र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ । काठमाण्डौमा हुने यो प्रतियोगिता खेलमैदान मर्मतको क्रममा रहेकोले र ग्राउण्डमा एनपीएलको तयारी गर्नुपरेकोले यो प्रतियोगिता भैरहवामा गर्न लागिएको हो ।
पहिलो चरणमा ५ वटा टिम बिच लिग चरणको १० वटा खेल हुनेछ भने अन्तिम ४ मा पुगेकाहरु बिच २ वटा सेमिफाइनल र फाइनल गरी कुल १३ वटा खेल यहाँ हुने रुपन्देही क्रिकेट संघले जानकारी दिएको छ । प्रत्येक दिन २ वटा खेल खेलाइने छ, प्रतियोगितालाइ नेपाल क्रीकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रीकेट संघले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...
चैत्र २५ गते, २०८२ - १८:३७
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...
चैत्र २५ गते, २०८२ - १८:३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...
चैत्र २५ गते, २०८२ - १८:२४
बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...


प्रतिकृया लेख्नुहोस्: