पाल्पा। जिल्लाको रामपुर नगरपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। नगरभित्र प्लाष्टिकजन्य फूल तथा माला विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने समस्या देखिएको भन्दै आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै स्थानीय कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँणले दशैं लगत्तै व्यवसायीहरुले तिहारलाई लक्ष्यित गरी प्लष्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले चाँडै निर्णय गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डितले कार्यापालिकाको निर्णयलाई कार्यान्वयन गरिने बताए। स्थानीय उत्पादनको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताइन्। अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गर्ने बताइन्।
नगरप्रमुख रमणबहादुर थापाले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लाष्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताए।
वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताए। उनले नगरपालिकाले व्यवसायिक रुपमा फूलखेती गर्दै आएका कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
नगरपालिकाको निर्णयलाई व्यावसायिक फूल खेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन् । रामपुर नगरपालिका–४, देवीस्थानका पुष्प व्यवसायी दिलबहादुर थापाले स्थानीय सरकारको निर्णयले थप उत्साह प्रदान गरेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...



प्रतिकृया लेख्नुहोस्: