Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

बाढीसँगै बग्यो धान बेचेर दसैँ मनाउने योजना

खबरडबली संवाददाता

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढी खेतमा धानखेती गरेका थिए। त्यसमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान लगाएका थिए।

अघिल्ला वर्षहरूमा उनी दसैँ अघिनै धान भित्र्याइसक्थे। यसपालि पनि दसैँ अघि नै धान काटेर भित्र्याइसक्ने उनको योजना थियो।दसैँ अघि नै भित्र्याएको धान केही बेचेर आएको पैसाले उनी दसैँ मनाउने योजनामा थिए। हरेक वर्ष त्यसरी नै दसैँ मनाउँदै आएका थिए उनले । तर यसपालि उनको योजना बाढीमा बग्यो।

मध्य असोजदेखि परेको पानीले लहलह धानका बाला झुलेका खेत बाढीमा डुब्यो। बाढीले १० कठ्ठा खेतमा लगाएको धान सखाप पारिदिएपछि दसैँ मात्रै मनाउने होइन वर्षभरि के खाने भन्ने कुराले पिरोलिएका छन्।बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ। अब दसैँ कसरी मनाउने थाहा छैन, उनल भने ।

भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले पनि दुई बिघामा धानखेती गर्नुभएको थिए। उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए।

बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो।  यसपटक दसैँ दशा भएर आयो, उनले भने। बाढीका कारण जिल्लाभरि धानबालीमा धेरै क्षति भएको छ। धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ। 

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो छ। जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क संकलन जारी रहेको छ।

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले १९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनले बाढीबाट दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए।

क्षतिको विवरण संकलनकै क्रममा छौं। विस्तृत तथ्यांक आउन बाँकी नै छ, उनले भने। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending