Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

बाढी पहिरोबाट सिन्धुपाल्चोकमा बस्ती, खानेपानी र सडकलगायत पूर्वाधारमा ठूलो क्षति

खबरडबली संवाददाता

चौतारा । गत असोज ११ र १२ गतेको अविरल वर्षाले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ । यहाँ विपदमा परी १३ जनाले न्यान गुमाएका छन् भने सबै मुख्य, सहायक र ग्रामीण सडक क्षतिग्रस्त भएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार यहाँ कृषकले लगाएको बालीनालीको क्षतिको विवरण सङ्कलनको काम तत्काल अगाडि बढाउने र गुठीको जग्गामा लगाएको अन्नबालीमा क्षति पुगेकाले यस वर्षको कुत मिनाहा गर्न अनुरोधसहित सिफारिस गर्ने निर्णय भएको छ ।

बाढीपहिरोबाट जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाका सबै सडक पूर्ण अवरुद्ध भएकामा हाल मर्मसम्भारपछि आंशिक रूपमा सञ्चालनमा आएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका अधिकांश बस्ती जोखिममा छन्भने वडा नं १, २ र ३ मा अझै सडक सञ्चालन हुन सकेको छैन । 

सुनकोशी गाउँपालिका क्षेत्रमा रहेको सिन्धु विच रिसोर्ट पूर्ण क्षति भएको छ भने तीन जनाले ज्यान गुमाएका छन् । यहाँ १३ घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय सडकहरु आंशिक सञ्चालनमा ल्याइए पनि पूर्व सञ्चालनको प्रयास जारी छ । गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले  विस्थापितका लागि राहत सामग्री र जोखिममा रहेकालाई त्रिपाल वितरण गरिएको बताए ।

यस्तै, बलेफी गाउँपालिकामा बाढी पहिरोबाट २७ घर प्रभावित बनेका गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आनन्द माध्यमिक विद्यालयमा आंशिक र वडा नं ३ जाने सडकमा पूर्ण क्षति भएको छ । अँधेरी–मांखासहित पालिकाभित्रका मुख्य सडक अवरुद्ध छन् । वडा नं ४ को तल्लागाउँमा पाँच घर र वडा नं ५ को लामाचौरका १० घर अझै उच्च जोखिममा रहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकामा पनि सबै वडामा सडक सञ्चालनको प्रयास भइरहेको उपप्रमुख सीता थापाले जानकारी दिइन् । उनका अनुसार बन्देउ–चौतारा सडक बाढी पहिरोपछिको ४८ घण्टाभित्र सञ्चालनमा आएको र अन्य सडक सञ्चालनको प्रयास जारी रहेको छ ।

यहाँ ६० परिवार विस्थापित भएका छन् भने पाँच सय सात परिवार प्रभावित भएका छन् । १५ वटा सरकारी संरचनामा क्षति पुगेको छ । १७ सामुदायिक भवन र एक हजार ६१३ रोपनी कृषि क्षेत्रमा क्षति पुगेको छ । ५९ पशुचौपाया मरेका छन् । ६१ वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । चार सय ९८ घरधुरीमा खानेपानीको लाइन विच्छेद भएको उपप्रमुख थापाले बताए ।

जिल्लामै सबैभन्दा बढी मानवीय क्षति भएको जुगलमा भौतिक क्षति पनि उत्तिकै भएको गाउँपालिका अध्यक्ष रेशम स्याङले जानकारी दिए । उनका अनुसार यहाँ दुई झोलुङ्गे पुलमा पूर्ण क्षति भएको छभने दुईवटा जोखिममा रहेका छन् । विस्थापितका लागि तत्काल राहत सामग्री, खाद्यान्न र मृतकका लागि राहत उपलब्ध गराइएको छ । 

इन्द्रवती गाउँपालिका अध्यक्ष झम्क नेपाल पालिका क्षेत्रमा ४० घरमा पूर्ण क्षति र ९३ घर उच्च जोखिममा र आठ घरमा आंशिक क्षति पुगेको बताउँछन् । तीमध्ये २४ परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

यहाँ एक हजार ४०० रोपनी अन्नबाली लगाएको जमिनमा क्षति पुगेको, २१ सिँचाइ आयोजना, २६ खानेपानी परियोजना र आठ सामुदायिक संरचनामा क्षति पुगेको अध्यक्ष नेपालले बताए । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो नगर क्षेत्रमा २२ घरमा पूर्ण,  ३५ घरमा आंशिक क्षति पुगेको बताए । यहाँस्थित फट्टेको बस्ती सार्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ । यस्तै, यहाँ २८ खानेपानी आयोजना, १७ सिँचाइ कुलो, चार गोठ र तीन विद्यालयमा बाढीपहिराले क्षति पुर्याएको छ । मेलम्ची–काठमाडौँ, मेलम्ची–हेलम्बु र मेलम्ची–पाँचपोखरी सडक पूर्ण सञ्चालनमा आउन नसकेको अध्यक्ष तामाङले बताए ।  

पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले पालिकामा गत असार ३० गतेको बाढीले व्यापक क्षति पुर्याएको र हालैको बाढी पहिरोले थप समस्या सिर्जना गरेको बताए । उनका अनुसार यहाँ २४ परिवार विस्थापित भएका छन् ।

नदी तटीय क्षेत्रमा रहेका सात बस्तीका एक सय ३५ परिवार उच्च जोखिममा रहेका छन् । नगर क्षेत्रमा यसअघि नै एक सय ८४ पुनःनिर्माण लाभग्राही रहे पनि पुनःस्थापना गर्न नसकिएको अवस्थामा फेरि प्रभावित परिवारको सङ्ख्या थपिएकाले निकै समस्या भएको अध्यक्ष ह्योल्मोको भनाइ छ ।

“हाम्रो नगर क्षेत्रमा दुई पानीघट्ट, एक हजार ६०० रोपनी खेतीयोग्य जमिन, दुई निर्माणाधीन पक्की पुलसहित रु ७९ लाख बराबरको अन्नबालीमा क्षति पुगेको छ”, उनले भने, “पाँच झोलुङ्गे पुल, विभिन्न ठाउँमा गरी चार किलोमिटर सडक, तीन विद्यालय, दुई खानेपानी आयोजनामा गत असार ३० गतेको बाढीले क्षति पुर्याएको र पुनः निर्माणका क्रममा असोज १३ गते पुनः क्षति भएको छ ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending