कञ्चनपुर । यहाँका दलित समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन थालेका छन् । आफ्नो पेशा व्यवसायले जीविकोपार्जन गर्न नसक्ने स्थिति भएपछि उनीहरू पेशाबाटै विस्थापित हुन थालेका हुन् । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन् । युवाहरू जीविका चलाउन भारतमा दरवान, कुल्ली र अन्य जोखिमयुक्त काम गर्न गइरहेका छन् ।
ऐतिहासिकरुपमा दलित समुदायले बाजा बजाउने, सिलाइकटाइ, जुत्ता बनाउने, माटोका भाँडाकुँडा बनाउने, बेतबाँस, सुनचाँदी, मादल बनाउने, कृषि औजार निर्माण गर्ने, घरायसी रूपमा प्रयोग हुने धातुका भाँडाकुँडा बनाउने काम गर्ने गरेका थिए । तर अहिले यी काममा दलित समुदायको सक्रियता घट्दो छ । पुस्तौँदेखिको परम्परागत सीपलाई आधुनिकीकरण गर्न नसक्दा दलित युवाहरू पलायन हुन थालेका दलित अधिकारकर्मी शिवी लुहारले बताए।
'दलित समुदायले अपनाउँदै आएको पेसा व्यवसाय गैरदलित समुदायले आधुनिक तरिकाले गर्न थालेपछि प्रतिस्पर्धा गर्न नसक्दा पलायन हुनुपरेको छ,' उनले भने, 'दलित समुदायको अर्थावस्था कमजोर हुँदा आवश्यक पुँजी अभावमा परम्परागत पेसालाई आधुनिकीकरण गर्न राज्य पक्षबाट सहयोग आवश्यक पर्छ ।'
सरोकार भएका निकायले समयसापेक्ष अधुनिकीकरण गर्न आर्थिक तथा प्रविधिक सहयोग गर्नुपर्नेमा जोड दिँदै लुहारले संरक्षणको अभावमा परम्परागत पेसा संकटमा परेको बताए । दलित समुदायको परम्परागत पेसा हाम्रो धर्म, संस्कृति, कलासँग जोडिएको उल्लेख गर्दै उनले यसलाई आयआर्जनसँग जोडनुपर्ने बताए ।
दलित युवाहरूलाई परम्परागत पेसामा संलग्न गराउन बजारको मागअनुसारको सीप सिकाउनुपर्ने दलित अगुवा लक्ष्मण लुहारले बताए । व्यवसाय सञ्चालनका लागि अनुदानको व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो सहुलियत ब्याजमा ऋण उपलव्ध गराउने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।
'धार्मिक जात्रासँगै विवाहलगायतका शुभकार्यमा दलित समुदायले पञ्चेबाजा बजाउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ,' गणेश विकले भने, 'यस पेसाबाट जीविका चलाउन सकिने अवस्था नभएपछि युवाहरूले पञ्चेबाजा बजाउन छाडदै गएका छन्, त्यो कार्य गैरदलित समुदायले गर्न थालेपछि पुर्खौदेखिको पेसा खोसिएको हो ।'
धातु र माटोका भाँडा बनाउने काम पुस्तौँदेखि दलित समुदायले गर्दै आए पनि हाल बजारमा बाह्य क्षेत्रबाट उद्योगमा निर्माण हुने भाँडाकुँडा सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा पेसा पलायन हुनुपर्ने बाध्यता भएको उनले बताए ।
परम्परागत पेसा व्यवसाय अपनाएकै कारण जातीय रूपमा विभेद हुने गरेको उनको भनाइ छ । कानुनी रूपमा जातीय विभेदलाई दण्डनीय बनाइए पनि समाजमा बर्चस्व भएका व्यक्तिका पक्षमा न्याय गरिँदा पीडितले थप पीडा खेप्नुपर्ने अवस्था रहेको उनले बताए ।
'सङ्कुचित सोचका कारण प्राविधिक शिक्षालयमा पढ्न टाढाबाट आउने दलित विद्यार्थीले डेरा पाउदैनन्,' अन्तराम ओडले भने, 'दलित समुदायका व्यक्तिले पशुपालन गरी उत्पादन गरेको दूध सरकारबाट अनुदान पाउने डेरीले खरिद गर्दैनन्, यस्तो अवस्थामा पुरानो पेसालाई जोगाउन निकै कठिन छ ।'
'दलित समुदायको पेसा व्यवसाय जोगाउन परम्परागत सीपमा परिमार्जन गरी उपभोक्ताको मागअनुसारका वस्तु उत्पादनमा जोड दिन तालिमको व्यवस्था गरिनुपर्छ,' बेलु नेपालीले भने, 'तीन तहको सरकारले अनुदान, सहुलियत ऋणको व्यवस्था गरी घरेलु, साना, मझौला उद्योगका रूपमा विकास गरी दलित समुदायका युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरको सृजना गरिनुपर्छ ।' परम्परागत पेसा व्यवसाय अपनाएका आधारमा जातीय रूपमा विभेद गर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: