Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

राप्रपामा खटपट- महामन्त्री राणाको जिम्मेवारी खोसियो, लिङ्देनको निर्णयमा लोहनीको असहमति

राणाले आगामी महाधिवेशनबाट नेतृत्व हत्याउन समानान्तर गतिविधि गरेको संस्थापन पक्षको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्टि बढेको छ। उपचारको लागि भारत गएको बेलामा महामन्त्री धवलशमशेर राणालाई संगठन विभागको जिम्मेवारीबाट हटाएपछि पार्टीभित्र विवाद बढेको हो। 

लिङ्देनले राणालाई संगठन विभागबाट हटाएर वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका छन् । यो निर्णयप्रति पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले असहमति जनाएका छन् । 

पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री राणाको सम्बन्ध रामो छैन । राणाले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको संस्थापन पक्षको बुझाइ छ । राणाले आगामी महाधिवेशनका लागि लिङ्देनलाई चुनौती दिनेगरी गृहकार्य गरिरहेका छन्। 

राणा पक्षले भने अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप लगाएको छ। संगठन विभाग प्रमुख बनाइएका तामाङ यसअघि राजनीतिक विभाग प्रमुख थिए । लिङ्देनले आफू विदेश भ्रमणमा जाँदा तामाङलाई कार्यवाहक दिँदै आएका थिए। 

राणाको नेतृत्वमा राजसंस्था र हिन्दु राष्ट्रका लागि आन्दोलन समिति गठन गरेका लिङ्देनले सम्बन्ध चिसिएपछि आफ्नो संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेका छन् । 

राप्रपाका पूर्वअध्यक्ष लोहनीले अध्यक्ष लिङ्देनको निर्णयलाई अविवेकी भन्दै असहमति जनाएका छन् । राणा बिरामी भएर उपचारका लागि विदेश भएका वेला जिम्मेवारीबाट हटाइएको लोहनीको जिकिर छ । 

उनले भनेका छन्, ‘बिरामी भएर विदेशमा उपचार गराउँदै गरेका बेलामा महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो । बिरामी साथीलाई तनाव दिने काम मात्र हो, यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु।’

अध्यक्ष लिङ्देनले पार्टीको राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिएका छन् । वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ । प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । 

स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारीबाट पार्टी नेतृ रोशन कार्की हटाइएकी छिन् ।  अध्यक्ष लिङ्देनले पार्टीको पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिएका छन् । 

पार्टीको विपत् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग  प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेले जिम्मेवारी प्राप्त गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending