Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

घटेन गण्डकीमा डेंगु सङ्क्रमण, हालसम्म एघार हजार पाँच सय ९० जनामा पुष्टि

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो । 

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगुको सङ्क्रमण दर बढ्दै गएको बताए । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेंगु देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । 

शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा २७ सय ३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा  डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  डेंगुका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक÷एक जना पुरुष छन् ।

डेंगुबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए ।

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भने ।
चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।  डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । 

 डेंगु  ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending