धादिङ । पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ । गत शुक्रबार र शनिबारको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा करिब २ किलोमिटर सडक कामै नलाग्ने गरी सुनकोशी र रोशीले बगाएको छ ।
बीपी राजमार्ग मर्मतसम्भार चलिरहेको अवस्थामा अहिले पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई परेको हो । तर यी दुई राजमार्ग पनि दुरुस्त छैनन् । नागढुंगाबाट ओरालो लागिसकेपछि ३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्रबाटै सडकको दुर्दशा सुरु हुन्छ।
त्यहाँ नपुग्दै काठमाडौंबाट बाहिरिने गाडीको जाम सुरु हुन्छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग प्रयोग गर्ने सवारीसाधन चालकहरूलाई सचेत गराइरहेको छ ।
त्रिभुवन राजपथदेखि नै सडकका दायाँबायाँ धेरै ठाउँमा ट्राफिक प्रहरी खटिएका छन् । तर पहिरोले अस्तव्यस्त सडकमा चाकहरूले जथाभावी गर्ने ओभरटेकले अरुलाई पनि सास्ती दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।
सिलवालका अनुसार धादिङभित्र पर्ने दर्जनभन्दा धेरै स्थानमा सडक क्षतिग्रस्त छ । झ्याप्ले खोला र कृष्णभिरसहितका स्थानमा सडक भासिएकाले मर्मत पनि चलिरहेको छ ।
पछिल्लो पटक बिहीबार बिहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नं। ९ स्थित कृष्णभिरमा करिब १४ फिट सडक भासिएको छ । पृथ्वी राजमार्गको सडकको करिब १४ फिट लामो भाग एक फिट गहिरो गरी भासिएको उनले बताए । अहिले उक्त भासिएको स्थानमा सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा रहेको पनि उनले जानकारी दिए ।
सिलवालका अनुसार अन्य स्थानमा पनि सडक दुरुस्त छैन । झ्याप्ले खोला, नागढुंगा-नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं। नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त छ ।
पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा सवारी साधनहरूको अत्यधिक चाप रहेको पनि उनले बताए । ‘पहिरोले क्षतिग्रस्त सडकमा लामो जाम हुने गरेको छ । पूर्वजाने साना सवारी पनि यही राजमार्गबाट गइरहेकाले चाप धेरै बढेको छ’, उनले भने, ‘जाम हुने हुँदा सवारी चालकहरूले आ(आफ्नो लेन अनुशासन पालना गर्नु आवश्यक छ । लेन अनुसाशन पालना नहुँदा पनि जाम झन् बढ्ने अवस्था अहिले देखिएको छ । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: