बनेपा । शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, काभ्रेमा ३१ जना महिला, २५ जना पुरुष , ८ जना बालक र ६ जना बालिका गरी हालसम्म ७० जनाको मृत्यु भएको छ ।
काभ्रेको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको कार्यालयबाट प्राप्त विवरणमा देखिन्छ । धेरै प्रभावित काभ्रेको पनौती नगरपालिकामा ८ जना महिला, ८ जना पुरुष, १ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
प्रहरी उपरीक्षक खड्काका अनुसार बेथानचोक गाउँपालिकामा ३ जना महिला र ८ जना पुरुष र १ जना बालक गरी १२ जना, तेमाल गाउँपालिकामा ७ जना महिला, २ जना पुरुष र १ जना बालक गरी १० जना, मण्डनदेउपुर नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक , १ जना बालिका गरी ७ जना , रोशी गाउँपालिकामा ५ जना महिला, १ जना बालक, १ जना बालिका गरी ७ जना, नमोबुद्ध नगरपालिकामा ३ जना महिला, २ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, धुलिखेल नगरपालिकामा १ जना पुरुष, १ जना बालक गरी २ जना, बनेपा नगरपालिकामा १ जना पुरुष, १ जना बालक, १ जना बालिका गरी ३ जना, भुम्लु गाउँपालिकामा १ जना महिला, १ जना पुरुष र १ जना बालिका गरी ३ जना, चौरी देउराली गाउँपालिकामा १ जना महिलाको मृत्यु भएको उनले जानकारी दिइन् । उनका अनुसार, हालसम्म महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाबाट मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । बाढी र पहिरोमा परी काभ्रेमा ७५ जना घाइते र ६ जना बेपत्ता भएको प्रहरीले जनाकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: