बनेपा । अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारी साधन अहिले ठप्प छ ।
राजमार्गको दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पु¥याएको छ भने अधिकांश ठाउँमा भलले पुरिएको अवस्था छ । जसका कारण सुन्दर देखिने बिपी राजमार्ग अचेल सुनसान छ ।
राजमार्ग मात्रै सुनसान छैन, त्यस आसपासका बस्तीहरू समेत सुनसान बनेको छ । बाढी पहिरोले सडक, विद्युतको खम्बा, खानेपानी पाईप लगायतका भौतिक संरचनाहरू ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकहरूलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य उपचारमा समेत समस्या परेको छ ।
रोशी गाउँपालिका वडा नं. ७ थान्सिङवेशीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले रोशीको तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएको बताउनुभयो । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतको समस्यामा छन् । नमोबद्ध नगरपालिका वडा नं. ५ ल्हासकोटका धनकुमार लामाले बाटो टुटेपछि पसलमा भएको सामान समेत सबै रितिसकेको बताए ।
दसैँ पर्व नजिकिँदै गर्दा घरमा खाना लाउन समेत समस्या रहेको नागरिकको लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको भनाई छ । रोशी गाउँपालिका वडा नं. ७ का स्थानीय लोकनाथ गौतमले बाढी पहिरो जानुको कारण खानी तथा क्रसर भएको भन्दै अवैध उद्योगहरूलाई नियमन गर्नुपर्ने बताए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी पहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकोले समुदाय र पालिकाबिचको सम्बन्ध नै छुटेको अवस्था रहेको बताए । यस्तो अवस्थाकै बिचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै राहत तथा स्वास्थ्य उपचारमा केन्द्रित भएर काम गरिरहेको उनको भनाइ छ ।
पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडी नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडी बढाएको उनले बताए । बाढी पहिरोका कारण रोशी गाउँपालिका भित्रमा १२ जनाको मुत्यू भएको र ५२ जना घाइते भएर उपचार गरिरहेको जनाएको छ ।
रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्ग अन्तर्गत करिब २५ किलोमिटर सडक खण्डमा दर्जनौँ ठाउँमा बगाएको र कतिपय ठाउँमा पुरिएको छ । जसका कारण करिब ७०० वटा सवारी साधन बीचबाटोमा अलपत्र अवस्थामा रहेको छ ।
त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेको सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ ।












यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: