बनेपा । अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारी साधन अहिले ठप्प छ ।
राजमार्गको दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पु¥याएको छ भने अधिकांश ठाउँमा भलले पुरिएको अवस्था छ । जसका कारण सुन्दर देखिने बिपी राजमार्ग अचेल सुनसान छ ।
राजमार्ग मात्रै सुनसान छैन, त्यस आसपासका बस्तीहरू समेत सुनसान बनेको छ । बाढी पहिरोले सडक, विद्युतको खम्बा, खानेपानी पाईप लगायतका भौतिक संरचनाहरू ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकहरूलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य उपचारमा समेत समस्या परेको छ ।
रोशी गाउँपालिका वडा नं. ७ थान्सिङवेशीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले रोशीको तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएको बताउनुभयो । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतको समस्यामा छन् । नमोबद्ध नगरपालिका वडा नं. ५ ल्हासकोटका धनकुमार लामाले बाटो टुटेपछि पसलमा भएको सामान समेत सबै रितिसकेको बताए ।
दसैँ पर्व नजिकिँदै गर्दा घरमा खाना लाउन समेत समस्या रहेको नागरिकको लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको भनाई छ । रोशी गाउँपालिका वडा नं. ७ का स्थानीय लोकनाथ गौतमले बाढी पहिरो जानुको कारण खानी तथा क्रसर भएको भन्दै अवैध उद्योगहरूलाई नियमन गर्नुपर्ने बताए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी पहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकोले समुदाय र पालिकाबिचको सम्बन्ध नै छुटेको अवस्था रहेको बताए । यस्तो अवस्थाकै बिचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै राहत तथा स्वास्थ्य उपचारमा केन्द्रित भएर काम गरिरहेको उनको भनाइ छ ।
पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडी नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडी बढाएको उनले बताए । बाढी पहिरोका कारण रोशी गाउँपालिका भित्रमा १२ जनाको मुत्यू भएको र ५२ जना घाइते भएर उपचार गरिरहेको जनाएको छ ।
रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्ग अन्तर्गत करिब २५ किलोमिटर सडक खण्डमा दर्जनौँ ठाउँमा बगाएको र कतिपय ठाउँमा पुरिएको छ । जसका कारण करिब ७०० वटा सवारी साधन बीचबाटोमा अलपत्र अवस्थामा रहेको छ ।
त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेको सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ ।












यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: