Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

संविधानसभामा दफावार छलफल, प्रक्रिया नरोक्न सभासदहरुको माग

\"sambidhan_photo\"काठमाडौं । संविधानसभाको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि प्राप्त संशोधनमाथिको छलफल शुक्रबार पनि जारी रहेको छ । बोल्नका लागि नाम टिपाएका केही सदस्यका नाम छलफल चाँडो सक्न भन्दै बिहीबार कटाइएको बताए पनि प्रमुख दलका शीर्ष नेताहरू वार्ता र संवादका लागि बालुवाटारमा बैठकमा रहेकाले शुक्रबार पुनः बोल्ने सभासद्को नाम थपिएको छ । नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले हाल प्रस्तुत भएको विधेयक र संशोधनका आधारमा कुनै प्रभावमा नपरी खुट्टा नकमाई संविधान निर्माण प्रक्रिया अघि बढाउन शीर्ष नेतालाई आग्रह गरे । सभासद् रामकृष्ण यादवले मुलुकलाई स्थिरता र समृद्धिमा लानका लागि चाँडो संविधान आउनुपर्ने भनाइ राखे । सभासद् तारिणीदत्त चटौतले प्रक्रिया बहिष्कार गर्ने दललाई सहभागी गराउने अन्तिम प्रयास गर्न आग्रह गर्दै प्रमुख दलका तर्फबाट प्राप्त संशोधनको समर्थन गरे । एमालेका भीमप्रसाद आचार्यले अनेक बहानामा संविधान बन्न र नेपालको विकास गर्न नदिने राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्वार्थ राख्नेहरु र विखण्डनवादी तत्वले खेल्न खोजे पनि राष्ट्रवादी जनताको चाहनाअनुसार मुलुकले संविधान पाउने बताए । सभासद् विशाल भट्टराईले प्रस्तुत विधेयक र यसमाथिका प्रमुख दलका संशोधन प्रस्तावको हाललाई समर्थन गरेर जान आग्रह गर्दै असन्तुष्ट पक्ष वार्ता र संवादमा आउनुपर्ने धारणा राखे । एमालेका आनन्दप्रसाद पोखरेलले मुलुकमा वामपन्थी र प्रजातान्त्रिक शक्ति एक हुँदा परिवर्तनको उपलब्धि प्राप्त हुने गरेको बताए । सभासद् अमरबहादुर थापाले कटाइसकिएका नामलाई समावेश गरेर पुनः बोल्न दिई छलफल लम्ब्याइएको भन्दै वार्ताका नाममा  धेरै समय व्यतित नगर्न जोड दिए । एमाओवादीका ललिताकुमारी रेग्मीले संविधान आउने कुराले खुसी तुल्याए पनि सबै क्षेत्र र समुदायका जायज माग सम्बोधन हुन नसकेको बताइन । एमाओवादीका जानकीदेवी साउदले प्रमुख दलका संशोधन प्रस्तावका केही विषय उपयुक्त विषय भए पनि सबै विषय नसमेटिएको बताइन । मस्यौदा समितिका सभापति सिटौलाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि सभामा दफाबार छलफल गरियोस्’ भनी  यही साउन २२ गतेको बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको थियो । परिमार्जित विधेयकमाथि सभासद्ले दर्ता गराउनुभएका ५४ वटा  संशोधनका प्रस्ताव संविधानसभामा प्रस्तुत भएका थिए । दफाबार छलफलमा  बोल्नका लागि सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । छलफलको अन्त्यमा शुक्रबार नै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिएपछि छलफल समाप्त भई संशोधन प्रस्तावमा मतदान प्रारम्भ हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending