Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

अखिल (क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल, उमेर हदको विवादले बन्दसत्र अन्योलमा

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ ।  गत विहिबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हद बारेको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो।

यस अघि पार्टीको निर्देशनमा मंगलबार  उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिएपनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रकृया नै शुरु हुन सकेन । उमेर हद विवादनै टुंगिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडी रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन्। कैयौं प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि फर्किन थालेका छन् ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक क्यारियरनै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन्।

उमेर हदको विवादमा आपसमा कुर्सि हानाहानको अवस्था सिर्जना भएको थियो। अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ।  अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ। क्रान्तिकारीको महाधिवेशन बारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहालले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ । पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया शुरु गर्नसक्ने बताइएको छ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि  इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन्।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE