ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बामगती नदीमा आएको बाढीका कारण बामगती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी बामगती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।
सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बामगती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । बामगती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।
वैकल्पिक यात्रा गर्ने बामगती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए । उनले भने, “बागमती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”
त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण बागमती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।”
अहिले बागमती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: