काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् ।
एकातिर हवाई कम्पनिले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महंगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ ।
हवाई कम्पनिहरुले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद र दशैँको अवसरमा उनीहरुले मौका छोपेर न्युनतम दरक टिकट नै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ ।
वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरेपनि त्यो निर्णयमै सिमित भएको छ र उनीहरुले सरकार र यात्रुलाई झुक्काएको पाइएको छ ।
दशैँको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर संघले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ । अहिले हवाई कम्पनिहरुले न त सस्तो दर रेटमा टिकट नै बेचेको छ न त टिकट उपलब्ध नै गराएको छ। सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।
अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबि गर्दै सस्तो प्रचार गरिरहेको भए पनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन ।
मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: