काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका छन्।
मंगलवार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको बताए।
उनले काँग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताए । उनले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताए ।
उनले भने– ‘यहीँ हुनुहुन्छ माननीयज्यूहरु त्यतिबेला राजु सदाको कोभिडले मृत्यु हुँदा यो मृत्यु भएको होइन राज्यले हत्या गरेको भन्नुभएको थियो । त्यो ढंगको प्रतिक्रिया हुनुप¥यो नि । त्यो ढंगको अर्जेन्सीको महशुस हुनुप¥यो नि । त्यसको महशुस भएर त्यही अनुसारको अभिव्यक्त हुनुप¥यो नि । ताकि भोलिका दिनमा यस्तो चिज नहोस् भनेर । दुई तिहाइको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ । शान्त हुन्छ । केही पनि नभएजस्तो हुन्छ ।'
उनले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको बताए ।
उनले थपे, 'मैले त्यतिखेर (गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ । त्यसको निरन्तरता भएन । त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो । प्रदेशभर राखिएको थियो । हेल्प सेन्टर राखिएको थियो । ति कुनै चिजको कार्यान्वयन भएनन् । राति गाडी नगुडाउनु भन्ने सूचना आयो । ट्राभल एडभाइजरीले बाटोमा गाडी रोक्छ ? ट्राभल एड्भाइजरी जारी गरेपछि त्यसको अक्षरशः पालना गर्नुपर्छ भनेर कसलाई भनियो ? कहाँ परिपत्र भयो ? रोक्ने गौँडाहरु त थिए त । कही पनि गर्न सकिएन । नियमित जस्तो झारा टार्ने काम भयो । सरकारले गरेको यो एकदमै गैरजिम्मेवारीपूर्ण काम हो । यो कुरालाई स्वीकार गर्नुपर्छ । हाम्रो स्रोत, साधन, क्षमतामा सिमितता छ । तर असिमित इच्छाशक्ति हुन सकेको भए नागरिकको ज्यान बचाउन सकिन्थ्यो । मान्छेहरुको यस्तो बिल्लिबाठ हुँदैन थियो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: