Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पहिरोले अवरुद्ध भिमदत्त राजमार्ग सुचारु

खबरडबली संवाददाता

डडेल्धुरा। वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भिमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो ।

यस राजमार्गको डोटी जिल्लामा पर्ने घोरडी र गोगनपानी खण्डमा मा पहिरो खसेपछि बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहानैदेखि पहिरो पन्छाउन थालिएपछि राजमार्ग सुचारु भएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रु बोकेका सवारीका साधान, मालबाहक ट्रकसँगै बिरामी बोकेका एम्बुलेन्स रातभरी नै रोकिएका थिए । 

यस्तै, डडेल्धुरा–डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ । डडेल्धुराको रडुवामा पहिरो खसेपछि यो राजमार्ग अवरुद्ध भएको थियो । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मङ्गलबार साँझदेखि मनसुन पुनः सक्रिय हुने र देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको पूर्व जानकारी अनुसार डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाहरुमा वर्षा भइरहेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि एक सुचना जारी गर्दै वर्षा हुने भएकाले सतर्कता अपनाउन र पूर्व तपारी अवस्थामा रहन स्थानीयहरु लाई आग्रह गरेको थियो ।

मनसुन सक्रिय भएसँगै भइरहेको वर्षाले भित्र्याउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा समेत असर पुगेको छ । धान भित्र्याउने समयमा भएको वर्षाले किसानलाई क्षती पुर्याएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending