नेपालगन्ज। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र आईसिपीको स्थलगत अनुगमन निरीक्षण गरेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति प्रतिनिधि सभाका सदस्य अब्दुल खानको नेतृत्वमा रहेको सो संसदीय टोलीले मंगलबार नेपालगन्ज भन्सार, नेपाल भारत नाका र आई सिपीको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै कर्मचारी र सुरक्षाकर्मीहरूसँग छलफल गरेको हो । सो संसदीय टोलीमा प्रतिनिधि सभाका सङ्घीय सांसदहरू अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रेखा यादव र शीतल मिजार लगायत सङ्घीय सचिवालयका कर्मचारीहरूको पनि सहभागिता रहेको छ।
टोलीले नेपाल भारत नाका जमुनाहामा पुगेर त्यहाँ रहेको भन्सार कार्यालयको यात्रु शाखा र नेपाल भारत नाकाको निरीक्षण गर्नुका साथै नेपालगन्ज आईसिपीमा पुगेर त्यहाँको पनि स्थलगत अनुगमन गरेको सङ्घीय सचिवालयका कर्मचारी सुरेन्द्र कुमार महतले बताए । उनले सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायत नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीहरूले भन्सार, नाका र आई सिपीको बारेमा विस्तृत जानकारी गराउनुभएको बताए ।
सो टोलीले नेपालगन्ज उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर जिल्लाका केही उद्योगहरूको पनि अनुगमन निरीक्षण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । उक्त टोलीसँगै भन्सार कार्यालय र नाकामा पुग्नुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपाल भारत नाका व्यवस्थित नहुँदा ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको र नेपालगन्जको व्यापार व्यवसाय समेत प्रभावित भइरहेको बारे टोलीलाई जानकारी गराइएको बताउनुभयो ।
बाँके, बर्दिया र सुर्खेत जिल्लाको भ्रमणका लागि मंगलबार नेपालगन्ज पुगेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले बाँकेको भ्रमणपछि बर्दिया र सुर्खेतको पनि भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ । सो समितिले संसदीय निगरानीका लागि उद्योगहरूको स्थलगत अनुगमनका साथै चाडपर्व नजिकिएको हुँदा बजारमा खाद्यान्न लगायत उपभोग्य बस्तुको आपूर्तिको अवस्था, समस्याको पहिचान गर्नुका साथै मिसावट र मूल्यवृद्धिको बारेमा पनि अनुगमन गर्ने समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १४:३४
तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...
श्रावण २ गते, २०८३ - १४:२७
काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...
श्रावण २ गते, २०८३ - १४:१६
मकवानपुर । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बा...
श्रावण २ गते, २०८३ - १४:०५
काठमाडौँ। पूर्वमन्त्री, नागरिक अगुवा तथा लेखक डा। देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार निधन भएका डा.पाण्डे नेपालको लोकतान्त...
श्रावण २ गते, २०८३ - १३:१९
जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...
श्रावण २ गते, २०८३ - १३:०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...
श्रावण २ गते, २०८३ - १२:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...
श्रावण २ गते, २०८३ - १२:३२
मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...
श्रावण २ गते, २०८३ - १२:१६
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...
श्रावण २ गते, २०८३ - १२:०६
नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...



प्रतिकृया लेख्नुहोस्: