Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पु¥याउन निर्देशन दिएको हो । “कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पु¥याउनुहोस्”, उनले भने। 

मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धती’को अनुगमन गर्नुभएको थियो । उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विसं २०५२ मा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ ।

मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बताए। सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ ।

निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा...

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

काठमाडौँ। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान जारी छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बज...

आचारसंहिताका कारण जनकपुरधाममा हुने कांग्रेस मधेश सभा स्थगित

जनकपुरधाम। निर्वाचन आयोगको आचारसंहिता लागू भएसँगै नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश सभा हालका लागि स्थगित गरि...

तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत अवस्थामा फेला

दाङ। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका–२, रामपुर निवासी जिसी तीन दिनदेखि ब...

कर्णालीमा राष्ट्रियसभा निर्वाचन: अहिलेसम्म १२३ मत खस्यो

सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । बिहान १० बजेसम्म कुल १२३ जनाले मतदान गरेका छन् । प्रदे...

राष्ट्रियसभा निर्वाचन जारी: कांग्रेस–एमाले गठबन्धन, नेकपा एक्लै मैदानमा

सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य क्लस्टरतर्फ निर्वाचन भइरहेको छ। बिहान ९ बजेदेखि मतदान सुरु भएको प्रदेश नि...

ओलीको पब्लिक डिबेट प्रस्तावमा बालेनको अस्वीकार, दिए कडा जवाफ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताइरहेका बेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएका राष...

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...

एमालेको राष्ट्रवादी छवि देखेर एमालेमा आएँ : अग्रवाल

काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...

आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्ने विषयमा अझै स्पष्ट छैन: ओली

विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending