Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पाँच विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण

खबरडबली संवाददाता

जुम्ला। जुम्लाको दुर्गम बस्तीका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएको छ । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण समेत गरिएको हो । 

जिल्लाको हिमा गाउँपालिका भैरव आधारभूत विद्यालय जोडिबाडा, महादेव आधारभूत विद्यालय तलिउकुडु, सिंजा गाउँपालिकाको आधारभूत विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय गोरुचौर, कनकासुन्दरी गाउँपालिका आधारभूत विद्यालय भैलेपाटा सहित ५ वटा विद्यालयमा आधुनिक पक्कि भवन निर्माण सम्पन्न भएका छन्।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी पाँच वटै भवनहरुको उद्घाटन गरेको छन् । चार वटा विद्यालयमा भौतिक संरचनाको अभाव भोगिरहेका ती स्थानमा ४ कोठाको अपांगताता मैत्री, वालमैत्री भवन, कक्षा १,२ र ३ ईसिडि कक्षा, महिला शौचालय, पुरुष शौचालय, वालमैत्री हातधुने स्थान सहितका भवन तथा भैलेपाटा आधारभूत विद्यालयमा अपांगतामैत्री बालमैत्री भवन निर्माण भएका छन् ।  

स्थानीय सरकारको साझेदारीमा नवनिर्मित भवन स्थानीय तहलाई हस्तातरण समेत गरिएको छ । साझेदार संस्था प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्रबाट निर्माण भएका भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीका अनुसार पाँच वटा भवन निर्माणमा रु तीन करोड ४९ लाख ५४ हजार ५३ रुपियाँ खर्च भएको छ । जसमा स्थानीय सरकारको रु १३ लाख र रु ३ करोड ३६ लाख ५४ हजार ५३ रुपियाँ प्लान नेपालको लागत रहेको छ । 

एक कार्यक्रमकाबिच नवनिर्मित भवनको संरचना, लागत सहितका वृस्तृत पुस्तिका सहित भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्ने सहयोगी निकाय सहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सिंजा सभ्यता नेपालीको इतिहास बोकेको क्षेत्र भएकाले यहाँको विकासमा सवैको सहयोग आवश्यक छ । उहाँले गुणस्तर भवन निर्माण भएकाले यसको भरपुर प्रयोग गरि शिक्षामा टेवा पुयाउन अनुरोध गर्नुभयो । 

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले शिक्षा क्षेत्रमा लगानी भनेको सवैभन्दा उत्तम हुने भएकाले गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने साझेदार निकाय सहित सवैलाई धन्यवाद ज्ञापन गरे । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्न सघाउने साझेदार निकायलाई नेपाललाई धन्यवाद ज्ञापन गरे । उनले यस्तै संरचना भएमा विद्यालयमा गुणस्तरीय शिक्षामा जोड हुने बताउनुभयो । कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष दामोदर आचार्यले शिक्षामा लगानी गर्ने सरकारको लक्ष्य अनुसार साझेदार निकायसँग सहकार्य गरेर निर्माण भएका भवन भरपुर प्रयोग हुनेमा जोड दिए । 

भैरव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले भत्केको जिर्ण कक्षा कोठामा विद्यालय सञ्चालन भइरहेको अवस्थामा अव नयाँ आधुनिक ४ कोठे भवन, ईसिडि र मैत्री शौचालय बन्दा निकै राहत हुने बताए । उनका अनुसार यो कार्यका लागि सहयोग गर्ने गाउँपालिका, साझेदार संस्थालाई धन्यवाद ज्ञापन गर्दछु । उनका अनुसार भैरव आ।वि।मा विद्यालयको जग्गा ७ विगा १७ कट्टा जमिन रहेको छ । सो जग्गामा स्याउ पनि लगाइएको छ । 

हिमा गाउँपालिको भैरव आवि जोगिवाडामा भिजन निर्माण सेवाले भवन निर्माण गर्ने जिम्मा लिइएको थियो । भवन राम्रो बनाएको भन्दै विद्यालयले सो निर्माण सेवाका प्रोपाईटर राष्टु कठायतलाई सम्मान समेत गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्लान ईन्टरनेश्नल नेपालका प्रोगाम गुणस्तरीय एण्ड ईन्नोभेसन निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउदा खुशी व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending