काठमाडौं । संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
उनले कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि पाँच हजार सुरक्षाकर्मी परिचालन गर्न व्यवस्थापन मिलाएको बताउँदै कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे कारबाही हुने बताए । दरबारमार्गमा आज साँझ ४ बजेदेखि ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरिएको छ ।
उक्त कन्सर्टको सुरक्षा कमाण्ड जिल्ला प्रहरी काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले गर्ने तथा कन्सर्ट स्थलमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् ।
बिहीबार बेलुकी ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीसाधनलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...
फाल्गुन २० गते, २०८२ - १९:४५
सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका डोल्पाकाे शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका...
फाल्गुन २० गते, २०८२ - १९:४३
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हु...
फाल्गुन २० गते, २०८२ - १९:४०
भोजपुर । निर्वाचनको मौन अवधिमा षडानन्द नगरपालिका अन्तर्गत दिङ्ला बजारमा रहेको नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थि...
फाल्गुन २० गते, २०८२ - १९:३६
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व...
फाल्गुन २० गते, २०८२ - १९:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्ने भएका छन्। झापा जिल्ला–५ बाट उम्मेदवार बनेका ...
फाल्गुन २० गते, २०८२ - १९:२६
ललितपुर । ललितपुुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा प्रहरीमाथि साङ्घातिक...
फाल्गुन २० गते, २०८२ - १९:१९
विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेक...
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...



प्रतिकृया लेख्नुहोस्: