Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

दुनियाँ हर्ष उल्लासमा हुँदा पीडामा राउटे समुदाय

राउटे युवाको मृत्यु, शोकमग्न वस्ती

खबरडबली संवाददाता

दैलेख । यतिवेला गैरराउटेले शहरबजार जताततै वाजागाजा सहित संविधान जारीको ९ बर्षको हर्ष उल्लास मनाईरहेका छन् । तर फरक पहिचान, भेषभुषा र नेपालको सम्पदा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदाय पिडामा रहेका छन् । राउटेहरु गैरराउटेलाई दुनियाँ भनेर चिन्छन् । राउटे युवा बृषबहादुर शाहीको मृत्यु भएपछि राउटे बस्ती यतिवेला शोकमग्न बनेको छ ।

संविधानको हर्ष उल्लास मनाउन पाएका छैनन् । एक जना सदस्यको मृत्यु हुने वित्तिकै बसाई सार्ने परम्परा भएकोले यो समुदायमा युवा सँगै बसाईसराईको पिडाले पिरोल्ने गरेको राउटे मुखिया सुर्यनारायण शाहीको भनाई छ । मुखिया भन्छन, हाम्रो समुदायमा मान्छे मर्ने वित्तिकै ठाउँ छोडनुपर्छ । अब मृतकको परम्परागत अनुसार काजकिरिया गरेर बसाईसराईतिर लाग्छौं ।

राउटे युवाको मृत्युमा शोकमग्न वस्ती

गएराती एकजना राउटे युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ बर्षिय बृषबहादुर शाही रहेका छन् । गएको भदौं ३१ गते मृतकलाई उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका –१ सिमेलसाल फर्किदै गर्दा राउटे युवाको गएराती ९ बजे सुर्खेतको कल्यानकाँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्य कर्मी विनोद विसीले बताए ।

उनले भने,मृतक युवा ६ महिना देखी विरामी थिए । हामीले सम्झाई बुझाई गर्दा बल्ल गएको भदौं ३१ मा उपचार गर्न सहमति जनाए । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगियो । खगार चेक गर्दा क्षयरोग (टिवी) रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिवी भएको जानकारी दिए । क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन् । अस्पताल डिस्चार्ज गरिदियो । फर्किदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृतक युवा कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि मृतकका दाजु कपिल शाहीको ६ बर्ष अघि मृत्यु भएको हो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । मृतक वृषबहादुर शाहीको मृत्युसँगै राउटेको जनसंख्या घटेर १३४ झरेको छ ।

हाल यो समुदाय गुराँस गाउँपालिका–१ को सिमेसालमा बसोबास गरिरहेका छन् । २०७५ असार देखी यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए । अर्को एकजना युवा सुरेन्द्र शाहीलाई प्यारालाईसिस भएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending