Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

दुनियाँ हर्ष उल्लासमा हुँदा पीडामा राउटे समुदाय

राउटे युवाको मृत्यु, शोकमग्न वस्ती

खबरडबली संवाददाता

दैलेख । यतिवेला गैरराउटेले शहरबजार जताततै वाजागाजा सहित संविधान जारीको ९ बर्षको हर्ष उल्लास मनाईरहेका छन् । तर फरक पहिचान, भेषभुषा र नेपालको सम्पदा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदाय पिडामा रहेका छन् । राउटेहरु गैरराउटेलाई दुनियाँ भनेर चिन्छन् । राउटे युवा बृषबहादुर शाहीको मृत्यु भएपछि राउटे बस्ती यतिवेला शोकमग्न बनेको छ ।

संविधानको हर्ष उल्लास मनाउन पाएका छैनन् । एक जना सदस्यको मृत्यु हुने वित्तिकै बसाई सार्ने परम्परा भएकोले यो समुदायमा युवा सँगै बसाईसराईको पिडाले पिरोल्ने गरेको राउटे मुखिया सुर्यनारायण शाहीको भनाई छ । मुखिया भन्छन, हाम्रो समुदायमा मान्छे मर्ने वित्तिकै ठाउँ छोडनुपर्छ । अब मृतकको परम्परागत अनुसार काजकिरिया गरेर बसाईसराईतिर लाग्छौं ।

राउटे युवाको मृत्युमा शोकमग्न वस्ती

गएराती एकजना राउटे युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ बर्षिय बृषबहादुर शाही रहेका छन् । गएको भदौं ३१ गते मृतकलाई उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका –१ सिमेलसाल फर्किदै गर्दा राउटे युवाको गएराती ९ बजे सुर्खेतको कल्यानकाँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्य कर्मी विनोद विसीले बताए ।

उनले भने,मृतक युवा ६ महिना देखी विरामी थिए । हामीले सम्झाई बुझाई गर्दा बल्ल गएको भदौं ३१ मा उपचार गर्न सहमति जनाए । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगियो । खगार चेक गर्दा क्षयरोग (टिवी) रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिवी भएको जानकारी दिए । क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन् । अस्पताल डिस्चार्ज गरिदियो । फर्किदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृतक युवा कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि मृतकका दाजु कपिल शाहीको ६ बर्ष अघि मृत्यु भएको हो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । मृतक वृषबहादुर शाहीको मृत्युसँगै राउटेको जनसंख्या घटेर १३४ झरेको छ ।

हाल यो समुदाय गुराँस गाउँपालिका–१ को सिमेसालमा बसोबास गरिरहेका छन् । २०७५ असार देखी यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए । अर्को एकजना युवा सुरेन्द्र शाहीलाई प्यारालाईसिस भएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

ऊर्जा आपूर्ति सहज बनेपछि भारतले हटायो व्यावसायिक एलपिजी प्रतिबन्ध

नयाँ दिल्ली । मध्यपूर्वमा उत्पन्न युद्धका कारण अवरुद्ध बनेको ऊर्जा आपूर्ति सहज हुन थालेपछि भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) माथि ...

आपराधिक विश्वासघातसम्बन्धी कसुरमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (...

मोरङमा चैते धानको उत्पादन वृद्धि हुँदा मूल्यमा गिरावट

विराटनगर । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएक...

कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव...

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending