काठमाडौं । संसदीय छानबिन समितिले प्रतिवेदनमा सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेको छ।
तर, लेखा समिति सभापति ऋषिकेश पोखरेल दम्पती मुछिएको उमागौरी सहकारी अपचलनको विषय भने प्रतिवेदन मौन छ।
धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको करिब १५ करोड अपचलन गरेको तथ्य बाहिरिएपछि धनराजले ०७६ मै डिभोर्स भएकाले कुनै दायित्व नहुने प्रतिक्रिया दिएका थिए ।
तर, डिभोर्स भएपछि पनि श्रीमतीको नामको ऋण तिरेको, श्रीमतीलाई नै हकवाला राखेर थप ऋण लिएको पाइएपछि समितिले मितेरी सहकारीको निरीक्षण गरी जानकारी लिएको थियो ।
‘सहकारीबाट प्राप्त जानकारी र धनराज गुरुङको वस्तुस्थिति हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,’ थापाले भने, ‘बाँकी कुरा राज्यका अख्तियारप्राप्त निकायबाट अगाडि बढ्ला ।’
तर, पोखरेलको भने समिति सदस्यहरूका अनुसार उक्त सहकारीबारे समितिमा प्रत्यक्ष उजुरी वा सूचना प्राप्त नभएको तथा उक्त सहकारी हेर्ने प्रत्यक्ष कार्यादेश पनि नभएकाले छुटेको बताउँछन्। समस्याग्रस्त जुनसुकै सहकारी हेर्न सक्ने अधिकार समितिलाई थियो ।
तर, नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले छानबिन समितिको प्रारम्भिक अनुसन्धनमा कांग्रेस उपसभापति गुरुङ सहकारी ठगीमा संलग्न भएको देखाएको दाबी गरे।
हिजो प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्बन्ध विच्छेद पनि नक्कली जस्तो देखिएको बताए ।
उनले भने, ‘उहाँको विषयमा समितिले प्रारम्भिक अनुसन्धान गर्यो । थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गरेका छौं । प्रारम्भिक अनुसन्धानबाट रकम अपचलनमा उहाँको संलग्नता देखिन्छ । उहाँको सम्बन्ध विच्छेद पनि नक्कली देखिन्छ । कानूनसम्मत छ, तर नक्कली जस्तो देखिएको छ अनुसन्धानमा । २०७६ मा डिभोर्स गर्नुभएको २०७७ मा मेडमलाई साक्षी राखेर ऋण लिनुभएको छ । केही समयअघि मात्रै ७४ लाख किस्ता तिरेको देखिन्छ । उहाँको संलग्नता देखिन्छ, तर तार्किक निष्कर्षमा पुग्न अनुसन्धान प्रक्रिया बाँकी छ ।’
र, यो पनि
सहकारी ठगीमा मुछिए लेखा समिति सभापति पोखरेल, सञ्चालक पनि एमालेनिकटकै
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: