Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

तेह्रथुममा ठेक्कामार्फत् विद्युत विस्तार, उपभोक्ताबाट अवैध असुली

खबरडबली संवाददाता

तेह्रथुम । राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारमा अनियमितता भएको आरोपसहित आठराई गाउँपालिकाका स्थानीयवासी विरोधमा उत्रिएका छन् । पालिकाका विभिन्न स्थानमा २०७५ सालयता ठेक्कामार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार भएको थियो ।

तर उपभोक्ताले प्राधिकरणका कर्मचारीले नै विद्युत् विस्तारका क्रममा आफूहरूबाट श्रमदानसहित नगद पाँच हजारदेखि सात हजार रुपैयाँसम्म रकम असुलेको गुनासो गरेका छन् ।

ठेक्कामार्फत भएको विद्युत् विस्तारमा श्रमदान र शुल्कबारे ठेक्का सम्झौतामा उल्लेख छैन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार विद्युत् विस्तार ठेक्कामार्फत गरिएको हो । तर विद्युत् विस्तार हुनु अगावै पालिकाभरि उपभोक्ता समिति गठन गरिएको आठराई–३ ह्वाकुका स्थानीय प्रेमकुमार तामाङले बताए।

उनले भने, 'हामीलाई विद्युत् विस्तार गर्न भनेर प्रतिपरिवार सात हजार उठाउन लगाए । गाउँमा बिजुली आउने भो भनेर केही नसोची प्रत्येक घरले पैसा उठाएर उपभोक्ता समितिका अध्यक्षलाई बुझायौँ । पोल बोक्ने, गाड्ने काममा १५-२० दिन श्रमदान गर्यौँ‍ ।' आठराई–४ इवाका मनकुमार इङनामले आफूलाई विद्युत् विस्तारका लागि पैसा तिर्नुपर्छ भनेपछि पैसा बराबरको श्रमदान गरेको बताए। आफू बसेको गाउँ इवाका २८ घरले २१ दिन श्रमदान गरेको उनको भनाइ छ ।

उनका अनुसार मिटर बक्स जडानका लागि अलग्गै चार हजार सात सय रुपैयाँ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार बानियाँलाई बुझाएका थिए । गाउँलेले पछि मात्रै मिटर बक्स विद्युत् प्राधिकरणले दुई हजार दुई सयमा दिनेबारे थाहा पाएका थिए । इवा क्षेत्रका उपभोक्ता समिति अध्यक्ष बानियाँले विद्युत् प्राधिकरणका कर्मचारी सन्तोष बानियाँलाई उक्त रकम बुझाएको बताए ।

इवाकै रेनुका बास्तोलाले सन्तोष बानियाँले श्रमदान गर्नुपर्ने र पैसा तिर्नुपर्ने बताएको सुनाए । 'श्रमदान गरियो, पैसा पनि उठाइयो, गाउँमा बिजुली ल्याइयो । अहिले बिजुली छिनछिनमा जान्छ । हामी ठगियौँ,' उनले भने । आर्थिक वर्ष २०७५/७६ मा ईश्वरी निर्माण सेवा प्रालिले आठराई क्षेत्रमा विद्युत् विस्तारको ठेक्का पाएको थियो ।

विद्युत् प्राधिकरण तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार आठराई क्षेत्रका विभिन्न क्षेत्रमा लाइन नम्बर तोकिएर छुट्टाछुट्टै ठेक्का सम्झौतामा प्रालिले काम गरेको थियो । लाइन नम्बर २ मा एक करोड ५३ लाख १३ हजार, लाइन नं ३ मा एक करोड ३१ लाख २७ हजार, लाइन नं ५ का लागि एक करोड तीन लाख ६४ हजार, लाइन नं ८ मा २१ लाख ९३ हजार गरी जम्मा चार करोड पाँच लाख ८७ हजार रकममा ठेक्का लगाएको थियो ।

विद्युत् विस्तारका लागि उपभोक्ताबाट शुल्क वा श्रमदान गर्नुपर्नेबारे सम्झौतामा थिएन । सोही आवमा शशीधर निर्माण सेवा प्रालिले लाइन नं २ मा एक करोड २२ लाख ६३ हजार रकम नेपाल विद्युत् प्राधिकरणसँग ठेक्का सम्झौता गरी काम गरेको थियो ।

आव २०७७/७८ मा ईश्वरी निर्माण सेवा प्रालिले २३ लाख ८३ हजारमा ठेक्का सम्झौता गरी काम गरेको थियो । ठेक्कामार्फत विद्युत् विस्तार भएको उक्त क्षेत्रमा कहीँ पनि श्रमदान गराउने र उपभोक्ताबाट पैसा असुल्ने भनिएको थिएन ।

राज्यबाट निःशुल्क रुपमा राष्ट्रिय प्रसारण लाइन विद्युत् विस्तार भएको कुरा २०७७ सालमा मात्रै गाउँलेले थाहा पाएको आठराई –२ खाम्लालुङका अमर विसुङ्खेले बताए। गाउँबाट विद्युत् विस्तारका लागि प्रतिपरिवार सात हजार रकम बुझाइएको र १८ दिन श्रम गरेको विसुङ्खेको भनाइ छ ।

आफू ठगिएको थाहा पाएपछि उठाइएको रकम र श्रमको ज्याला पाउनुपर्ने मागसहित आठराई सङ्घर्ष समिति गठन भएको छ । उक्त समितिले विरोधमा उत्रँदै गाउँपालिकालगायतका निकायमा उजुरी गर्न पुगेका छन् । आठराई गाउँपालिका–३ को सल्ले क्षेत्रमा मिटर बक्स बापत् उठाइएको अतिरिक्त रकम फिर्ता गरिएको आठराई सङ्घर्ष समितिका उपाध्यक्ष तेजकुमार इङनामले बताए ।

आठराई क्षेत्रमा विद्युत् विस्तार सकिने बेलामा वडा नं–७ थोक्लुङमा ठेकेदार र फ्युुज सेवाको कर्मचारीबीचमा भएको सम्झौतापत्रमा सानो पोलको रु सात सय र ठूलो पोल गाड्दा एक हजार चार सयका दरले उपभोक्ता समितिलाई रकम उपलब्ध गराउने सम्झौता–पत्र सार्वजनिक भएपछि आफूहरु ठगिएको थाहा पाएको उपाध्यक्ष इङनामले बताए ।

विद्युत् विस्तारमा गरिएको श्रमदान र उठाइएका रकमबारे ठेकेदार कम्पनीले अनभिज्ञता देखाएको छ । पेटी ठेकेदारमार्फत विद्युत् विस्तार गराएको र सबै हिसाब पेटी ठेकेदारलाई बुझाइएको ईश्वरी निर्माण सेवा प्रालिका सञ्चालक देवेन्द्र अधिकारीले बताए ।

इवा क्षेत्रमा पेटी ठेकेदारका रुपमा काम गरेका योगेश इङनामले दुई हजार दुई सय पर्ने मिटरबक्स तीन हजार सात सय लिएकोमा मिटरबक्स जडानका लागि आवश्यक अन्य सामग्री खरिदमा लागेको बताए । विवाद भएपछि प्रतिघर दुई सय फिर्ता गरिएको उनले बताए ।

आठराई गाउँपालिकावासी विद्युत् विस्तारमा ठगिएपनि वास्तविक ठग पत्ता लगाउनुपर्ने अवस्था भएको सङ्घर्ष समितिका सदस्य सुमन हाङस्रोङ बताउँछन् । उनले भने, 'ठेकेदारलाई सोध्यो पेटी ठेकेदार भन्छ । पेटी ठेकेदारलाई सोध्यो प्राधिकरणको कर्मचारी भन्छ । प्राधिकरणका प्रमुखलाई सोध्यो ठेक्कामार्फत सबै काम भएको भन्छ । वास्तविक ठग को हो ? उठाइएको रकम कसले लग्यो ?'

अख्तियारले छानबिन गरी विद्युत् विस्तारका नाममा भएको अनियमितताबारे पत्ता लगाइ उपभोक्ताबाट लिइएको रकम फिर्ता गरिनुपर्ने र श्रमबापत्को रकम पाउनुपर्ने आठराई सङ्घर्ष समितिको माग छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको र उजुरीका विषयमा अनुसन्धान भइरहेकाले अहिले केही जानकारी दिन नमिल्ने आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending