Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पलेशालाई पोखरामा सम्मान, प्रदेश सरकारले मासिक भत्ता दिने

खबरडबली संवाददाता

लेखनाथ । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काश्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित भएको छन् । आइतबार पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारले उनलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरेको छन्। गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ । 

मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरेका गरे। प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका नौ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ । 

“गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकीका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरुप भत्ताको व्यवस्था गरेका छौँ,” उनले भने, “प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौं । मेडल नै ल्याउन सफल भएकाले प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्धनलाई दिने घोषणा गर्दछु ।”

सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार एक सय ५५ रुपैयाँसहित सम्मान गरे । पोखरा महानगरका प्रमुख धनराज आचार्यले उहाँलाई महानगरको तर्फबाट सम्मान गरेको हो । कार्यक्रम आयोजक गण्डकी प्रदेश तेक्वादो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले पनि गोबर्धनलाई संस्थाको तर्फबाट सम्मान गरेको छन्। 

खेलाडी गोवर्धनले सम्मानले ऊर्जा थपिएको जनाउँदै सबैप्रति आभार प्रकट गरे। तेक्वान्दो सजिलो खेल नभएको उल्लेख गर्दै उनले कडा परिश्रम, समय व्यवस्थापन र सबैको साथले सफलता हात परेको उनको भनाइ छ । “म सधैं सफल भएको छैन, म सुपर हिरो पनि होइन,” उनले भने, “असफलता पनि सफलताकै भाग हो । मेहनत, समय व्यवस्थापन र सबैको साथले यहाँ आइपुगेको छु ।”

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएको थिए । काठमाडौंकी स्थायी बासिन्दा उनी अहिले चीनमा इन्जिनियरिङ अध्ययन गर्दै छन। कार्यक्रममा गोवर्धनसँगै उनका प्रशिक्षक कविराज नेगी लामा र टिम म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मनोरम दृश्यावलोन गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल खेल्ने स्थानका रुपमा पोखरालाई विकास गर्न सकिने उल्लेख गरे। समारोहमा पोखरा महानगर प्रमुख आचार्यले नेपालकी छोरी गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगतमै उत्साह सञ्चार गरेको उल्लेख गरे। भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीको प्रेरणाको स्रोतको रूपमा गोवर्धन रहने विचार राखे । 

अध्ययनसँगै खेलकुदमा लागेर देशको पहिचान बढाउनु चानचुने कुरा नभएको उनको भनाइ छ । प्रमुख आचार्यले भने, “पढाइसँगै खेलेर अन्तर्राष्टिय पदक दिलाउनु चानचुने कुरा होइन । पर्यटनको राजधानी पोखराले खेलकुदबाट पहिचान बढाउनेहरुको पनि उच्च सम्मान गरिरहनेछ ।”

गण्डकी प्रदेश तेक्वादो सङ्घले आयोजना गरेको कार्यक्रममा तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशशम्शेर राणा, प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिव रमेश पौडेल, कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव दीपेन्द्र पहारी लगायतले बोलेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending