मकवानपुर । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढ्दो क्रममा छ। चालु आर्थिक वर्ष २०८१/०८२ को साउन १ गतेदेखि हालसम्मको अवधिमा झण्डै २ हजार मानिस डेंगी संक्रमित भएका छन् ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यस प्रदेशमा दैनिक ९० देखि देखि १ सय बढीको संख्यामा डेंगी संक्रमित भैरहेका छन् । चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २६ गते अर्थात् बुधावारसम्मको अवधिमा २ हजार ४७७ जनामा डेंगी संक्रमण भएको छ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषाललका अनुसार बुधवार ९४ जना डेंगीका नयाँ बिरामी थपिएका छन्। यस्तै मंगलबार १ सय ११ जना नयाँ बिरामी थपिएका थिए भने सोमबार ९८ जना डेंगीका नयाँ बिरामी फेला परेको बताइएको छ। सूचना अधिकारी डा। भुषालका अनुसार बागमतीमा प्रत्येक दिन १ सय को हाराहारीमा डेंगीका नयाँ बिरामी बढेका हुन्।
प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा डेंगीको प्रकोप फैलिएको मन्त्रालयले जनाएको छ। रसुवा बाहेक सबै जिल्लामा डेंगी संक्रमित भएको प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। खगेश्वर गेलालले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बिरामी चितवनमा रहेका छन्। जहाँ १ हजार १० जना बिरामी भेटिएको मन्त्रालयको तथ्यांक छ।
यस्तै, चितवनपछि काठमाडौंमा देखिएको छ। काठमाडौंमा चालु आवको हालसम्मको अवधिमा ७१६ जनामा डेंगी संक्रमण भएको मन्त्रालयको तथ्यांक छ। जसमा गत साउन महिनामा १५७ जना डेंगी संक्रमित भएका थिए भने भदौ महिनाको हालसम्मको अवधिमा ५५९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।
यस्तै, मकवानपुरमा हालसम्म ३२५ जनामा डेंगी संक्रमण भएको छ भने धादिङमा ६८, ललितपुरमा १७९, भक्तपुरमा ३४, काभ्रेमा ७०, नुवाकोटमा १९, दोलखामा १३, रामेछापमा ११, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १३ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।
यद्यपि, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डेंगीका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। सो अवधिमा ११ हजार ९०६ जना डेंगी संक्रमित भएको मन्त्रालयका सूचना अधिकारी भुषालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: