काठमाडौं । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरेको हो ।
सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गरेकी र लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको भन्ने प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । सुरजकी जेठी श्रीमती रिताले आफु हुँदाहुँदै श्रीमान्ले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएकी थिइन् ।
“उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरी गोरखा ल्याइएको हो”, श्रेष्ठले भने । निजलाई आज अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...
बैशाख २० गते, २०८३ - ०७:२३
काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बैशाख २० गते, २०८३ - ०७:२१
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...
बैशाख २० गते, २०८३ - ०७:१८
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...
बैशाख २० गते, २०८३ - ०६:४१
कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...
बैशाख २० गते, २०८३ - ०६:३४
काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...
बैशाख २० गते, २०८३ - ०६:३१
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...
बैशाख २० गते, २०८३ - ०६:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
बैशाख २० गते, २०८३ - ०६:२८
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...


प्रतिकृया लेख्नुहोस्: