Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई चालक अनिवार्य गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतद्धारा सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तिरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिस अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तिरिम आदेश जारी भएको हो । 

रिट निवेदकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरित सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा सवार नचढाउन नराख्न तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित नेपाल कानुनको प्रभाकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनिय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुदा सो लाई न्यूनिकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्कम आदेशको माग गरिएको थियो ।

त्यसैगरी सवारी साधान भित्र यात्रुको इच्छा विपरित ठूलो स्वरमा म्यूजिक सिस्टम नबजाउन, उच्च बाहन शक्ति मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन, लामो बाटोमा यातायात सेवा सञ्चालकले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गराउन र चाँडवाडको समयमा यातायात व्यवसायीले जोखिमपूर्ण यात्रा गराउदा दुर्घटना हुने भएकोले कडाइका साथ नियमन तथा निगरानी गर्न विपक्षीहरुका नाममा अन्तरिम आदेशसगै अग्राधिकारको माग गरिएको थियो ।

यातायात सञ्चालनको नियमन निकायका दश वटा संस्थालाई विपक्षी वनाएको सो रिटमा वरिष्ट अधिवक्ता विष्णु लुईटेल ,अभिवक्ताहरु टंक प्रसाद भटट्राई, शिवकुमार अधिकारी, भुवन प्रसाद वाग्ले, धनेन्द्र बहादुर श्रेष्ठ, शुसिला कुमारी रोकाय, आशिष लुईटेल, इलाज पुन मगर, अच्यूत लुइटेल र सञ्चारकर्मी राधाकृष्ण कटवाल लगायतले रिट दर्ता गरेका थिए भने वरिष्ट अधिवक्ता लुईटेल र अधिवक्ता वाग्लले वहस गरेका थिए । 

सवारी तथा यातायात व्यवस्था ऐनमा स्पष्ट व्यवस्था भएपनि सार्वजनिक यातायात सञ्चालकहरुले पालना नगरेको नियमन निकायहरुले कार्यान्वयमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाडौं, गृह मन्त्रालय सिंहदरबार काठमाडौं, यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौं, महानिर्देशक यातायात व्यवस्था विभाग मिनभवन काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं, काठमाडौं महानगर पालिका कमलादी काठमाडौं, ललितपुर महानगरपालिका पुल्चोक ललितपुर र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई विपक्षी बनाएको सो रिटमा निवेकको माग बमोजिम नै सर्वोच्चले अन्तिरिम आदेश जारी गरेको हो । 
सर्वोच्चको आदेशमा भनिएको छ–निवेदकले अन्तरिम आदेशसमेत माग गरेतर्फ विचार गर्दा निवेदकले निवेदनमा उठाएका धेरै विषयहरु भएको र अधिकांश विषयमा लिखित जवाफ पेस भई प्रस्तुत निवेदनको अन्तिम सुनुवाई हुँदा सम्वोधन हुने प्रकृतिको देखिदा हाललाई सर्वोच्च अदालत नियामावली २०७४ को नियम ४९(२) को (ख) बमोजिम देहायका विषयहरुमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ, सो पालना गर्नु,गराउनु भन्दै हाललाई पाँच वटा विषयमा आदेश भएको हो । 

पहिलो नम्बरमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु र सवारी भित्र यात्रुको इच्छा विपरित ठुलो स्वरमा म्यूजिक सिस्टम नबजाउनु । त्यसैगरी उच्च बाहन शक्ति (Horse power) मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नावालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ ।

भने ऐ=ऐनको दफा १०४ मा व्यवस्था भए अनुसार लामो बाटोमा यातायात सेवा सञ्चालनले गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा चालक फेर्नु पर्ने हुँदा कम्तिमा दुइवटा चालक अनिवार्य रुपमा राख्ने व्यवस्था गर्न पनि आदेश भएको छ । त्यस्तै चाँडवाडको समय नजिकिै गरेको अवस्थामा यात्रु बाहक सवारीमा यातायातको चाप अत्याधिक बढ्न गई सडह दुर्घटना समेत बढ्न सक्न जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवम् निगरानीको व्यवस्था मिलाउन विपक्षीका नाममा आदेश भएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending