Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

खबरडबली संवाददाता

 
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । 

महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताइन् । उनले मौसमको यस्तोस्थिति तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर ९नेपाल नजिक० सर्ने सम्भावना देखिएको जानकारी दिइन् । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उनले भनिन्, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।”
 
बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले...

२५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ?

काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने ...

खोटाङमा श्रम संस्कृति पार्टीको अग्रता कायमै

खोटाङ ।  खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतको साथ अग्रता कायम गरेका छन्। जिल्ला प्रशासन ...

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् ।  सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल...

पन्ध्र क्षेत्रमा रास्वपा विजयी, १०२ स्थानमा अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। निर्वाचन आयोगका अनुसार आज ...

अहिलेसम्म खातै खोल्न नसकेकाे एममालेकाे कुन कुन स्थानमा छ अग्रता ?

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...

धनकुटामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको निरन्तर अग्रता

धनकुटा। धनकुटामा जारी मतगणनामा  नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...

सिन्धुपाल्चोक-२ मा नेकपाका दुलालको अग्रता, पछि परे वंशलाल

 काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...

ओखलढुंगामा मतगणना जारी: एमालेेकी थापा अग्रस्थानमा

ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE