कैलाली । असार मसान्त भित्रै पारित भइसक्नु पर्ने सुदूरपश्चिम प्रदेशको बजेट भदौ मसान्त पुग्दासम्म पनि अझै पारित भएको छैन । असार १ गते पूर्व मुख्यमन्त्री दीर्घ बहादुर शाहको नेतृत्वमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पालले आर्थिक वर्ष २०८१/८२को लागि ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए ।
एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको सरकारले ल्याएको बजेट पारित नहुँदै सत्ता गठबन्धन फेरिएपछि सुदूरपश्चिम बजेट शून्यतामा पुगेको थियो । असार १ गते आएको बजेट असार मसान्तसम्म पारित नभएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारले नयाँ बजेट ल्याउने अन्तिम गृहकार्य गरिरहेको छ । तर, कुन दिन बजेट आउँछ भन्ने विषय स्वयम मन्त्रीलाई पनि थाहा छैन ।
‘हामी बजेट तयारीको अन्तिम चरणमा छौँ । ठ्याक्कै कुन दिन बजेट आउँछ भन्ने कुरा आज मात्रै थाहा हुन्छ’ आर्थिक मामिला राज्यमन्त्री प्रकाश बलले भने, ‘मन्त्रालयबाट आएका योजनाहरू मिलाउने काम अन्तिम चरणमा भइरहेको छ । अब चाँडै बजेट आउँछ ।’
मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सुरुमा भदौ १०, त्यसपछि भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने डेटलाइन निर्धारण गरेको थियो । तर, यी कुनै पनि मितिमा बजेट आएन । नयाँ मितिबारे सरकार नै अन्योलमा परेको छ ।
कांग्रेसले सभापति शेरबहादुर देउवा गएपछि मात्रै बजेट ल्याउने आन्तरिक तयारी गरेको सरकार निकट स्रोतको दाबी छ । पार्टीको प्रशिक्षणका लागि देउवा २८ गते धनगढी आउँदै छन् ।
त्यसअघि बजेट आउँदा आलोचना हुन सक्ने र सभापतिसम्म धेरै विषय पुग्न सक्ने भन्दै देउवा काठमाडौँ फर्किएपछि मात्रै बजेट ल्याउने सरकारको तयारी रहेको बुझिएको छ । यसरी हेर्दा भदौ ३१ सम्ममा सरकारले बजेट ल्याउने जनाएको छ ।
एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बजेटका सबै काम सकिएको भन्दै एक दुई दिनमै बजेट आउने बताए । ‘सबैजसो काम सकिएका छन् । अब ढिलो हुँदैन, एक दुई दिनमै बजेट आउँछ,’ उनले भने ।
उनले बजेट केही घटेर आउने समेट जिकिर गरेका छन् । सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने सरकारले असंवैधानिक रूपले बजेट ल्याउन लागेको बताएको छ ।
माओवादी संसदीय दलका नेता मानबहादुर धामीले सरकारले बजेट ल्याउन यति ढिला गर्दा पनि सत्ता पक्षलाई कुनै चासो नभएको भन्दै सत्ता गठबन्धनको आलोचना गरे ।
‘त्यो बेला सदनमा नदेखेर टर्च बालेर सरकार खोज्नेहरूले अहिले के हेरेर बसेका छन् २ महिनासम्म सरकारले बजेट नल्याउँदा , प्रदेश उधारोमा चल्दा सरकार खोज्नु पर्दैन,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...
बैशाख २० गते, २०८३ - ०७:२३
काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बैशाख २० गते, २०८३ - ०७:२१
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...
बैशाख २० गते, २०८३ - ०७:१८
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...
बैशाख २० गते, २०८३ - ०६:४१
कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...
बैशाख २० गते, २०८३ - ०६:३४
काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...
बैशाख २० गते, २०८३ - ०६:३१
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...
बैशाख २० गते, २०८३ - ०६:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
बैशाख २० गते, २०८३ - ०६:२८
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...


प्रतिकृया लेख्नुहोस्: