Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

एमाले–कांग्रेसमा सत्ताको दम्भ, लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास हुँदै

एमाले माग्याे उपसभामुख रानाको राजीनामा

खबरडबली संवाददाता

काठमाडौं। उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता साझेदार दलहरू छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको उपस्थितिका लागि वातावरण बनाउने विषयमा छलफल भएको थियो । यसका लागि उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने निष्कर्षमा सत्ता साझेदार दल पुगेका छन् ।

यसै विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमा बहस भएको छ । बैठकको आकस्मिक‚ शून्य र विशेष समयमा यो विषयमा पक्ष विपक्षमा बहस भएको हो । बैठकमा सत्ता साझेदार दलले उपसभामुखलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरे भने प्रतिपक्षका दलहरू त्यसको प्रतिकारमा उत्रिए ।

बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई पदबाट हटाउने कुरा मान्य नहुने बताए । उनले राजनीतिक पार्टीहरूबिच सल्लाह भएर उपसभामुखलाई पदबाट हटाउने कुरा लोकतन्त्रका  लागि मान्य नहुने भन्दै यसले लोकतन्त्रमाथि नै आक्रमण हुने टिप्पणी गरे ।

‘समाचारहरू हेर्दा लाग्छ यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुँदैन,’ उनले भने‚‘ एउटा परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको होला ।  रास्वपा लोकतन्त्रका लागि सधैँ लड्नेछ।’

लोकतन्त्रका लागि जनता सडकमा ओर्लिएर पार्टीहरूविरूद्ध आन्दोलन गर्ने विश्वास पनि रास्वपालाई रहेको उनले बताए। शून्य समयमा बोल्दै सांसद सोविता गौतमले  पनि सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको भन्दै खबरदारी गरिन् ।

सत्तापक्षको उक्त कदमको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि आलोचना गरेको छ । रास्वपा र उपसभामुख रानालाई साथ दिँदै माओवादी सांसदहरूले जमेरै प्रतिवाद गरे । पार्टी प्रमुख सचेतक हितराज पाण्डेले यर्थाथ विषय के हो भनेर स्पष्ट पार्न अनुरोध गरे ।

‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने पार्टी प्रतिवाद र विरोध गर्दछ । यसबारे स्पष्ट पार्न अनुरोध गर्दछु‚’ उनले भने। यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे ।

माओवादी सांसद देवेन्द्र पौडैलले पनि  माओवादी पार्टी उपसभामुखको पक्षमा प्रतिवादमा उत्रने बताए। ‘यसले लोकतन्त्रलाई अघि बढाउँदैन । हामी खबरदारी गर्छौं‚’ उनले भने‚‘राजीनामा दिने हो भने दसौँ मन्त्रीको राजीनामा आउँनुपर्छ । राजीनामा दिन तयार हो रु चारैतिरबाट शक्तिको प्रयोग गर्ने ?’

एमालेले भन्योः राजीनामा दिनुस्

बैठकको विशेष र शून्य समयमा बोल्ने एमाले सांसदहरूले भने नैतिकताको आधारमा उपसभामुख रानाको राजीनामा माग गरे । सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’

यस्तै अर्का सांसद गोकुल बास्कोटाले विशेष समयमा बोल्दै लोकतन्त्रमा प्रश्न उठाउन पाइने भन्दै नैतिकताको कसीमा जाँच्ने अवसर पनि आएको बताए ।

‘मेरो सुझाव छ उपसभामुखलाई यत्रो कुरा उठेको छ । ममाथि पनि प्रश्न उठेपछि मैले पदबाट राजीनामा दिएको थिएँ,’ उनले भने‚ ‘यति आँट र साहस हुनुपर्छ । यत्रो प्रश्न उठेको छ भने उहाँले पदबाट मार्ग प्रशस्त गर्नुपर्छ । बाँकी  कुरा कानुनले गर्ला । त्यति गर्न मेरो सुझाव छ ।’

यस्तै सांसद शोभा ज्ञवालीले पनि उपसभामुख रानाले लेखेको पत्रको यथार्थ माग गरिन् । ुकेही समयअघि उपसभामुखज्यूको अगुवाइमा अमेरिकाको कार्यक्रममा राजदूतावासलाई अन्य व्यक्ति पठाउने चिठ्ठी पठाएको मिडियामा आएको थियो । यर्थाथ के हो ?‚’ उनले भनिन्

सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्। उक्त पत्र केही समय अघि बाहिरिएको थियो । उक्त पत्र बाहिरिएपछि संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । सोही पत्रलाई आधार बनाएर सत्तारूढ दलले संवैधानिक परिषद्मा आफूलाई बलियो बनाउने रणनीतिअनुसार उपसभामुखलाई हटाउन खोजेको हो ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभा सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त रहने व्यवस्था उल्लेख गरिएको छ । ६ (ग) मा  उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पद रिक्त हुने व्यवस्था छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending