काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य धनराज गुरुङले सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरे । उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए ।
उनले भने,‘म माथि कुनै आशंका छ भने तुरुन्तै छानविन गरियोस् । संसदीय छानविन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेरा बारे लागेको आरोपको सत्य, तथ्य छानविन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि संवद्ध निकायहरुलाई आग्रह गर्दछु । विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष सावित भएको स्मरण गराउन चाहन्छु । सहकारी ठगी सम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयबस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानविन गर्न माग गर्दछु ।
उनले आफूले निष्ठा,नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्याए । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे ।
उनले भने,‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, संचालक समितिका सदस्यहरु, को–कोलाई छानविन गर्नुपर्ने हो ? तुरुन्तै छानविन गरियोस् । कुनैपनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिक छु सभामुख महोदय । जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरु र नेपाल सरकारका कर्मचारीहरुको सम्पत्ति छानविन हुनुपर्छ भनेर यसै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । उसैमाथि यत्रो आरोप रु जसले यसै संसदमा गैरकानूनी कारोबार रोक्नका लागिथ ५ सय र हजारका आवाज उठाई रह्यो । उसैमाथि यत्रो षडयन्त्र रु त्यसैले यो पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानविनको माग गर्दछु । धनराज गुरुङ खुला किताव हो । जसले जताबाट अनुसन्धान थालेपनि हुन्छ ।’
गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: