Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

खबरडबली संवाददाता

कास्की । यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ ।

‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

उनले भने –गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।

अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको नियमित परीक्षण कार्यक्रमसमेत प्रभावकारी हुने भएकाले अण्डा वितरण अभियान नै थालिएको बताए । ‘स्वास्थ्य संस्थामा जान हिचकिचाउने गरेको अझै देखिन्छ । नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ । पालिकाका सबै गर्भवतीले तोकिएअनुसारको गर्भजाँच नगराउने गरेकाले यसप्रति महिलाको आकर्षण बढाउन अभियान सहयोगी हुने विश्वास लिएका छौँ’, अध्यक्ष ओझाले भने ।

गाउँपालिकामा एक वर्षमा दुई सय ३१ जना सुत्केरी हुने गरेको गाउँपालिकाको तथ्याङ्क छ । कार्यक्रमका लागि वर्षमा रु पाँच लाख बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए । उनले भने, ‘यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पालिकाभर गर्भवतीको परीक्षण कार्यक्रम प्रभावकारी बनाउने छौँ । आवश्यक बजेट सबै स्वास्थ्य संस्थामा पालिकाले पठाउने छ ।’

नौ वडा रहेको रुपामा एक आधारभूत अस्पताल, चारवटा स्वास्थ्यचौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र गरी नौवटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा सामान्य सुत्केरी गराउन सकिने गरी पूर्वाधार रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

४ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ करिब ४ घण्टा बन्द भएपछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा साँझ साढे ५ बजे ‘एयर फिल्ड लाइटिङ’ प्...

४५ वर्ष निःस्वार्थ सेवापछि ‘रीत्तो हात’ केशव दाइकाे बिदाई

पाल्पा । पश्चिमी पाल्पाको भैरव नमुना माध्यमिक विद्यालयले आफ्नो दीर्घकालीन सहयोगी, केश बहादुर कुमाल दाइलाई चार दशकभन्दा बढी समय विद्यालयका लागि निःस्वा...

हिमालय क्षेत्रमा सञ्चार साझेदारी र सामाजिक विकासमा जोड: काठमाडौंमा तेस्रो परा-हिमालय संगोष्ठी सम्पन्न

काठमाडौं । हिमालय क्षेत्रका देशहरूमा प्रभावकारी सञ्चार र सामाजिक विकासका उपायहरूमा छलफल गर्न तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक संगोष्ठी काठमाडौंमा ...

कलंकी मन्दिरमा स्वास्थ्य शिविर र रक्तदानः धर्म र जनसेवा एकै ठाउँमा

काठमाडौं ।राजधानीको कलंकी मन्दिर परिसर शनिबार बिहानदेखि असामान्य चहलपहलपूर्ण देखिन्थ्यो। मन्दिर प्राङ्गणमा विभिन्न उमेरका नागरिक स्वास्थ्य परीक्षणका ल...

माओवादी र जनमत विवादः मधेशमा निम्तियाे अस्थिरता

जनकपुरधाम ।  मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनलको २५ दिनको सरकार ढल्दा, प्रदेशीय राजनीति पुनः अस्थिर अवस्थामा पुगेको छ। तर यो केवल सरकार ढल्नुको ...

बहुविवाह प्रकरणमा एमाले नेता पासाङ शेर्पा पक्राउ, ओलीको पुरानो अडान फेरि विवादमा

मुद्दा सामान्य ठान्न ओलीकाे आग्रह “बहुविवाह त सुवास नेम्वाङले पनि गर्नुभयो नि”

धावनमार्गको लाइट बिग्रँदा काठमाडौं विमानस्थलमा ‘भद्रगोल’ — विमानहरू आकाशमै होल्डमा

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘रनवे लाइटिङ सिस्टम’मा समस्या आउँदा शुक्रबार बिहानदेखिनै विमान उडान र अवतरण पूर्णरू...

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी...

निर्वाचनपछि मात्रै महाधिवेशनः रास्वपामा रणनीतिक स्थिरता वा नेतृत्वको डर ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन फेरि एकपटक स्थगित गर्दै प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ...

काठमाडौं आकाश आज ‘नो–फ्लाई जोन’ बन्दा आकाशमा फन्को मार्दै विमान

फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट, आन्तरिक उडानहरू स्थगित

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending