Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बाँकेका कैदीबन्दी स्वअध्ययन गर्दै

खबरडबली संवाददाता

बाँके । बाँके जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । 

सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले अध्ययन गरेका कारागारका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले जानकारी दिए । कैदीबन्दीलाई प्रअ पौडेलबाहेक कारागारभित्रका अन्य दुई बन्दीले अध्ययन गर्न सहयोग गरेका छन् । 

प्रअ पौडेलले १८ देखि ५५ वर्षसम्मका कैदीबन्दीले कारागारमा स्वअध्ययन गरिरहेका जानकारी दिँदै नैतिक शिक्षाका बारेमा पनि अध्यापन थालिएको बताए । “परीक्षाको फर्म खुलेको समयमा फर्म भरेर बन्दीले सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्छन्”, उनले भने । 
 
जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरुले नेपालगञ्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिएका पौडेलको भनाइ छ । स्वअध्ययन गरेर कैदमुक्त भएपछि आफ्नो पेसामा लाग्न सजिलो हुने उल्लेख गर्दै उनले बन्दीले आवश्यकताअनुसार पढ्दै गएका बताए । 

पढ्ने कैदीबन्दी तथा थुनुवाहरुमध्ये लागुऔषध दुव्र्यसन मुद्दामा कारागारमा रहेका धेरै छन् । विसं २०५० देखि सो कारागारमा अध्ययन, अध्यापन हुँदै आएको प्रअ पौडेलले जानकारी दिए । “पढ्नेहरुको सङ्ख्या बढी हुँदा कक्षा लिन असजिलो भएको छ”, उनले भने । 

कारागारभित्र कक्षा १ मा पढने २५, कक्षा २ मा २०, कक्षा ३ मा १५, कक्षा ४ मा २० र ५ कक्षामा १५ जना छन् । यसबाहेक १० जना कक्षा ६ देखि स्नातकोत्तर तह अध्ययन गर्नेछन् । उनीहरुलाई जीवन उपयोगी शिक्षाका साथसाथै योग र ध्यानका कक्षा पनि आवश्यक भएको पौडेलले बताए । कैदीबन्दी तथा थुनुवालाई बुद्धसँग सम्बन्धित पाठ्यपुस्तक परीयति शिक्षासमेत प्रदान गरिएको उनले जानकारी दिए । 

जिल्ला कारागार बाँकेका निमित्त प्रमुख जेलर कविराम बुढाथोकीले बन्दीलाई मानसिक तनाबबाट मुक्त हुन स्वअध्ययन प्रभावकारी हुने उल्लेख गर्दै बन्दी जीवन बिताएका बन्दी सामाजिक जीवनमा प्रवेश गर्दा सामाजिकीकरण हुने बताए । उनले बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरुले लाभ लिएका उल्लेख गरे । कारगारमा अहिले ६ सय ८७ कैदीबन्दी तथा थुनुवा छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending