Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सरकारले पीडित जनतालाई यथाशीघ्र राहत दिनुपर्छः कांग्रेस नेता खड्का

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा। नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जनता विद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरूलाई बर्सातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दाबी समेत गरे । नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासीन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ समेत भएर अघि बढ्नुपर्ने पनि बताए ।

उनले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरूलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने ‘म यस अवसरमा त्रियुगा नदीले त्यहाँको जनतालाई बिचल्ली बनाएको छ । यस अवसरमा म प्रधानमन्त्रीजी, सम्बन्धित मन्त्रीहरू गृहमन्त्रीजी र त्यस अन्तर्गतको निकायहरू हार्दिक अनुरोध गर्न चाहन्छु कि जनताको आवश्यकताप्रति अत्यन्तै चिन्तित र संवेदनशील भएर यथाशीघ्र के गर्न सकिन्छ ? त्यो काम गर्नका निमित्त म सम्माननीय सभामुखमार्फत हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु । जनताको संवेदनशीलताप्रति सरकार उदासीन भयो भने अहिले हामीले देखिराखेका छौ–जनतामा भएको व्यापक निराशा जो विद्रोहको चरणमा पुगिसकेको जनतालाई यस प्रकारले हामीले राहत दिने व्यवस्था गर्न सकेनौँ भने त्यो राष्ट्रका लागि हितकर हुनेछैन ।’

नेता खड्काले जनताप्रति सरकारले उदासीनता देखाउन नहुने पनि स्पष्ट पारे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending