Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

पर्यटक पर्खिरहेको घलेगाउँ

खबरडबली संवाददाता

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।

यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् । मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ । 

यतिबेला यहाँका स्थानीय एवं घरबास (होमस्टे) सञ्चालकहरु पर्यटकको पखाईमा छन् । दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ वर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ । त्यसैले घरवास सञ्चालकहरु यतिबेला वर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् ।

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब वर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताए । 

यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ । घरवास सञ्चालक हेमकुमारी गुरुङले भने, ‘वर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब वर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौँ ।’


यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन् । 

गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।

पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताए ।

पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उहाँको भनाई छ । घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उनले जानकारी दिए । उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरवास (होमस्टे) सञ्चालनमा छन् । 

एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् । घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातिय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ ।

नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो । यस गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।

यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । 

साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । घलेगाउँ काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ । बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending