रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ ।
गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो, भरत किशोर ठाकुर, शेख निराली, र सुवोध महतोलाई अभीयन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट उद्वार गरेका हुन् । जयनगर नजीककैको एक गाँउको एकजना मानिसले ती चारै जनालाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लागेका थिए ।
दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरु १३ देखि १६ वर्ष उमेर समुहका रहेका छन् । बाल तस्करीको मुद्दामा बालकलाई लैजाने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ। हिजो शनिवार दुई बालकलाई नेपाल फिर्ता ल्याईएको तथा, वाकि दुई बालकलाई सोमवार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
भारतमा १८ वर्ष मुनिका बालबालिकालाई श्रम गराउनु गैरकानुनी छ र त्यहाँ बालश्रमको कानुन कडाइका साथ पालना गरिन्छ । तर आर्थिक विपन्नता, अशिक्षाको कारण बिभिन्न रोजगारीको नाउँमा रौतहट लगायतका जिल्लाका हजारौं नेपाली बालबालिका भारतको राजधानी दिल्ली, मुम्बई लगायतका सहरहरूमा बालश्रम गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २१ गते, २०८१ - १४:३२
झापा । चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड बजार सरसफाई गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड बज...
आश्विन २१ गते, २०८१ - १४:२९
बनेपा । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षक...
आश्विन २१ गते, २०८१ - १४:०३
काठमाडौं । पर्वतमा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ । सोमबार पर्वतको कुश्मा नगरपालिका वडा नं.७ गोदाम स्थित स्थानीय व्यक्तिको बारीमा...
आश्विन २१ गते, २०८१ - १४:०१
काठमाडौं । सल्यान, मारङ, संखुवासभा र नवलपरासीमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको छ । सल्यानको शारदा नगरपालिका४ किमिरेचौर बस्ने राम बहा...
आश्विन २१ गते, २०८१ - १३:५३
काठमाडौं । शेयर बजार लयमा फर्किन थालेको छ। अहिले नेप्से परिसूचक २७०० माथि उक्लिएको छ। यो समाचार तयार पर्दासम्म (१ः४५)सम्म बजार ४८.३६ अंकले बढेर २७०...
आश्विन २१ गते, २०८१ - १३:५१
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका१ रानिवनबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार रूप...
आश्विन २१ गते, २०८१ - १३:४४
काठमाडौं । इजरायलले आइतबार राति लेबनानमा धेरै हवाई आक्रमण गरेको छ। यी आक्रमणहरू लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा गरिएको थियो। इजरायली सेनाले ...
आश्विन २१ गते, २०८१ - १३:४२
काठमाडौं । गत साताको अविरल वर्षासँगै आएको बाढी–पहिरोले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपल...
आश्विन २१ गते, २०८१ - १३:३९
नारायणगढ । चितवनको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृ...
आश्विन २१ गते, २०८१ - १३:३७
२२ वटामा भेटिए म्याद गुज्रिएका सामान
प्रतिकृया लेख्नुहोस्: