Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विभाजनको संघारमा एकीकृत समाजवादी

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ।

एमालेमा छँदा आफ्नो अपमान भयो भन्दै नयाँ पार्टी गठन गरेका माधव नेपालले त्यहाँ पनि आफ्नै गुट सक्रिय पारेपछि पार्टी विभाजनको संघारमा पुगेको हो। पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नै गुट संचालनमा सक्रिय भएपछि पार्टी कमजोर हुने भन्दै पार्टीका प्रभावशाली नेता तथा सांसद असन्तुष्ट बनेका हुन् ।

दशौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्विरोध चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गरिएको थियो।

सुरुमा अध्यक्षको तजबिजमा आफू अनुकुल केन्द्रीय सदस्य मनोनयन गरेर उनीहरुमार्फत आफू अनुकुल पदाधिकारी निर्वाचित गरेपछि पार्टीभित्र असन्तुष्टि चर्केको छ।
पदाधिकारी चयनका लागि भएको चुनावमा पनि अध्यक्षले नै आफू निकटलाई मात्रै भोट हाल्न केन्द्रीय सदस्यहरुलाई निर्देशनात्मक चिट बाँडेपछि पार्टी निर्माणमा सक्रिय र चर्चित अनुहार पराजित भएका थिए।

अध्यक्ष आफैंले पार्टीभित्र गुट बनाउन सक्रिय रहेको भन्दै पार्टीका बहुसंख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गर्ने तयारीमा छन्। पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनबाट अध्यक्ष नेपाल पक्षका नेताहरू निर्वाचित भएका छन्। भदौ १२ गते भएको निर्वाचनको मतगणनाबाट नेपाल पक्षका नेताहरू निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुषाललाई वरिष्ठ नेता बनाउने सहमतिसँगै राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

तर दावी गरेर पछि सरेका बस्नेत, हमाल र भुसाल माधव नेपाल समूहका नेताहरू हुन्। एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो।

केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि त्यो सम्भव नभएपछि निर्वाचन भएको थियो। मतदानमा गुटगत प्रतिस्पर्धा भएको थियो। अध्यक्ष नेपाल पक्षले मतदाता केन्द्रीय सदस्यहरुलाई पदाधिकारीहरूमा जिताउनुपर्ने नेताहरूको नामावली (चिट) बाँडेको थियो।

अध्यक्ष नेपालले पदाधिकारीमा पराजित गराइएका नेताहरु एमालेमा फर्कन प्रयासरत रहेको आरोप लगाउने गरेका छन् । उनले खुला रुपमा यस्तो आरोप नलगाएको भए पनि आफ्नो गुटमा ‘एमालेमा फर्कन खुट्टा उचालिरहेकाहरुलाई पार्टीले बोकिरहन आवश्यक नभएको’ ब्रिफिङ गरेका थिए ।

भविष्यमा ‘पार्टीका पदाधिकारी नै एमालेमा गए’ भन्ने खबरले पार्टीलाई जति हानी गर्छ ‘पदाधिकारीमा पराजित नेता एमालेमा गए’ भन्ने खबरले त्यो हानीलाई कम गर्ने नेपालको बुझाइ रहेको एक नेता बताउँछन्।

नेताहरु पार्टी छाडेर गइहाले भने ‘पार्टीको आन्तरिक चुनाबमा पराजित भएको रिसले’ पार्टी छाडेको भन्ने चर्चा फैलाएर सम्भावित हानी कम गर्ने नेपालको योजना रहेको पनि बताइन्छ ।

सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकमारी झाक्रीको नाम हटाइएको थियो। उनी पराजित भइन्। यो पदमा झाक्री र जयन्तीदेवी राईको प्रतिस्पर्धा थियो। जसमा राई निर्वाचित भइन्।

मधेसी समुदायका उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ।झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह थिए। जसमा साह निर्वाचित भएका छन्। खुला उपाध्यक्षहरूमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीले जिते।

ज्वाला फरक कित्ताबाट विजयी भएका हुन्। माधव नेपाल पक्षको चिटमा डा।विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाइएको थियो। पछिल्लो पटक ज्वाला र पौडेलसँग नेपाल असन्तुष्ट छन्। चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह, राजेन्द्र राई विजयी भएका छन्।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । ७ सचिवमा चन्द्र शाही, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, टेकबहादुर वाइवा र कृष्ण नेपाली विजयी भए।

वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका भएका हुन्। ५ खुला सचिचका लागि भएका निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन्।

माधव नेपालको सूचीमा नपरेका अर्का धर्मेन्द्रप्रसाद साह पनि निर्वाचित भएका छन्। पूर्व एमाले हुँदै माओवादीबाट नेकपा एसमा आएका रामचन्द्र झा उपाध्यक्षमा पराजित भएका छन्। मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगतराजनीति छरपष्ट भएपछि यो पार्टीको भवष्य संकटमा परेको टिप्पणी हुन थालेको छ।

अब पार्टीको भविष्य पनि खतरमा परेको माधव नेपाल निकट नेताहरु नै बताउन थालेका छन्। आफू पक्षका केन्द्रीय सदस्य पहिले नै मनोनयन गरेर उनीहरुबाट मतदान गराइ आफू पक्षका नेताहरु मात्रै पदाधिकारी बनाएको भन्द्र नेताहरु असन्तुष्ट छन् ।

बाराका सांसद रहेका प्रभावशाली नेता किसान श्रेष्ठले यो मतदान प्रक्रियाबाट भएको पदाधिकारीको निर्वाचन खारेज गरेर सबैलाई चित्तबुझ्दो मापदण्डबाट पुनः पदाधिकारी चयन गर्नुपर्ने बताए ।

उनले भने ‘नयाँ मापदण्डअनुसार फेरि पदाधिकारीको चयन भयो भने म पार्टीमा सक्रिय रहन्छु अन्यथा पार्टीमा सक्रिय रहन सक्दिन ।’ यद्यपि उनले पार्टी विभाजन हुने कुरालाई स्पष्ट शब्दमा स्वीकार भने गरेनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending