सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई घरघरमा जडान गरिएपछि स्थानीयलाई चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेको हो।
घरमा धारा जडान भएपछि खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताउदै उपभोक्ता छोला तामाङले घर मै चौबीस घण्टा धारामा पानी आउने गरेको जानकारी दिए।
यसअघि उनको घरमा खोलाको पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको थियो। उनले सधै बर्खायाममा खोलाको धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको बताउदै नजिकको सरकार भएको अनुभूति भएको बताए। छालेसी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष छिटुप तामाङले उपभोक्ता, गाउँपालिका र सहयोगी निकाय खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको (सुसा) लागत साझेदारीमा निर्माण गरिएको खानेपानी योजनाले याल्वाङवासीको घरघरमा धारा जडान गर्न सफल भएको बताए।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले छालेसी खानेपानी योजना समय मै निर्माण भएर सञ्चालनमा आएपछि गाउँपालिका केन्द्रवासी मात्र नभएर गाउँपालिका समेत यसबाट लावान्भित भएको जानकारी दिए। यसअघि खोलाको पानी प्रयोग गर्ने याल्वाङवासीको घरघरमा धारा जडान गरेर चौबीसं घण्टा पानी आउने बनाउन सफल भएकोका खुसी ब्यक्त उनले गरे। अध्यक्ष लामाले गाउँपालिकाको लक्ष घरघरमा धारा जडान गर्ने रहे अनुसार याल्वाङवासीबाट सुरु भएको बताउदै यो योजना सवै वडामा पुर्याउने रहेको बताए।
आयोजनाको गाउँपालिका संयोजक दन्त शाहीले स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई सञ्चालनमा आएको बताए। गाउँपालिका केन्द्र याल्वाङमा उक्त योजनाबाट तीन वटा इन्टेक, आठ वटा रिजरवार ट्याङ्की, ८५ वटा धारा निर्माण गरिएको सुसा परियोजनाका प्राविधिक सहजकर्ता कार्वु लामाले बताए।
जसमा दुई हजार लिटर क्षेमताको एउटा रिजरवार ट्याङ्की निर्माण गरेर गाउँपालिकाको कार्यालय र आसपासका वस्तीमा पानी आपुर्ती भई रहेको छ भने भेराटुल क्षेत्रका लागि आठ र चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ। त्यसैगरि गुम्वाका लागि ३८ घनमिटरका दुई वटा रिसिङ टोलको लागि छ घनमिटर, खोला टोलका लागि चार घनमिटर विद्यालयका लागि चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ। यो योजनाका लागि लागत साझेदारीमा एक करोड अठार लाख ६७ हजार २२९ रुपियाँ लागत लागेको छ।
यसमा १९ प्रतिशत जनश्रमदान, दश प्रतिशत गाउँपालिका, एक प्रतिशत उपभोक्ताको नगद लगानी र सत्तरी प्रतिशत फिन्ल्याण्ड सरकारको अनुदान सहयोग मार्फत आयोजनाले लगानी गरेको छ। स्थानीयले खानेपानी प्रयोग गरे मार्फत बार्षिक रुपमा महशुल समेत तिर्ने ब्यवस्था वडाले गरेको छ। सो परियोजनाबाट याल्वाङका स्थानीय मात्र नभएर कार्यालय, गुम्वा, विद्यालय र सुरक्षाकर्मी समेत लावान्भित भएको प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: